ताजा अपडेट »

बुटवलमा प्रतिनिधिसभा विघटन विरुद्ध मैनबत्ती जुलुस

शुक्रबार, ०२ माघ २०७७, १५ : ५८
14 Shares

बुटवल । प्रतिनिधिसभा विघटनका विरुद्ध रुपन्देहीमा ‘लोकतन्त्र रक्षाका लागि नागरिक आन्दोलन’ नामक संस्थाले बुटवलमा दिउँसै मैनबत्ती जुलुस निकालेको छ । बुटवल मिलनचोक देखि सुरु भएको मैनबत्ती जुलुस राजमार्ग चौराहामा पुगी विरोधसभामा परिणत भएको थियो ।

न्याय मर्न दिदैनौ भन्ने ब्यानर सहित हातमा मैनबत्ति बालेर प्रधानमन्त्री केपि शर्मा ओलीले चालेको असंवैधानिक कदमका विरुद्ध मैनबत्ति जुलुस निकालिएको लोकतन्त्र रक्षाका लागि नागरिक आन्दोलनका रुपन्देही संयोजक गोविन्द खनालले बताए । संविधानमा अधिकार नै नभएको अधिकार प्रयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर मुलुक फेरी द्धन्द्धतर्फ धकेलिएको छ बताए । ‘यसअघि राजा र प्रधानमन्त्रीले संवैधानिक रुपमा ‘क’ु गरेको तर, प्रधानमन्त्री केपि ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरे ।’– उनले भने ।

नागरिक अगुवा पदम कार्कीले राष्ट्रपतिले संविधानको बर्को च्यातेपछि नागरिक समाजलाई जाडो बनाएकाले प्रतिनिधिसभा पुनस्थापना नहुदासम्म सडक संघर्ष गरि रहने बताए । कार्यक्रममा प्राध्यापक डा. बुद्धबहादुर थापा, अधिवक्ता बाबृुराम पाण्डे, वुमन केयरकी अध्यक्ष रिता केसी, गुणाराम घिमिरेले राष्ट्रपतिले संविधानको बर्को च्यातेपछि नागरिक समाजलाई जाडो बनाएकाले संसद पुनस्थापना नहुँदासम्म सडक संघर्षमा उत्रने बताएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।