ताजा अपडेट »

‘राजधानी सार्ने प्रयास भए कांग्रेसले विफल बनाउँछ’

विहीबार, ०३ माघ २०७५, १३ : ०४
6 Shares


माघ ३,
ग्लोबल आवाज
बुटवल । नेपाली कांग्रेसले प्रदेश ५ को अस्थायी राजधानीलाई नै स्थायी कायम गर्न दबाब दिएको छ । आज बुटवलमा सम्पन्न खबरदारी सभामा उपस्थित कांग्रेसका शिर्षनेताहरु, नेता,कार्यकर्ता लगाएत सबैले बुटवललाई नै प्रदेश ५को राजधानी कायम गर्नुपर्ने दबाब दिएका छन् । लामो समयसम्म पनि प्रदेशको नाम र स्थायी मुकाम नतोकेको भन्दै कांग्रसेले विरोध गर्दै आएको छ । बुटवलको ट्राफिकचोकमा आयोजित सभामा बोल्दै कांग्रेस संसदीय दलका नेता तथा पूर्वमन्त्री बालकृष्ण खाँणले कुनैपनि हालतमा प्रदेश ५ को राजधानी नसर्ने दाबी गर्दै राजधानी सार्ने प्रयास भएमा कांग्रेसले विफल पार्ने बताए । उनले भने‘ अहिले सबैको भावना र अभिमत अनुसार नै बुटवललाई प्रदेश ५ को स्थायी राजधानी बुटवल नै मागेको हो । मुख्य मन्त्री र मन्त्रीहरुको झण्डा हल्लाउनको लागि मात्र राजधानी बुटवल मागेको होइन ।’


त्यसैगरी नेपाली काग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले अहिलेको सरकारले विकास भन्दा पनि भष्ट्राचार बढि गरेको अरोप लगाउँदै प्रदेशको नामकरण र स्थायी राजधानी तोक्न नसक्नु कम्युनिष्ट सरकारको ठूलो कमजोरी रहेको तबाए । कुनै पनि हालतमा देशमा संघीयता सफल हुने भन्दै नेता भण्डारीले रुपन्देही प्रदेश नम्बर ५ को स्थायी राजधानी भएको बताए ।


कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृह राज्य मन्त्री देवेन्द्र राज कंडेल नेपाली काग्रेस रुपन्देही सभापती अब्दुल रज्जाक, अर्घाखाँचीका सभापति विष्णु भुषाल, पाल्पा सभापती भिम बहार राना, गुल्मी जिल्ला सभापती भुवन, नेपाली काग्रेस प्रदेश नम्बर ५, प्रदेश सभा संसदीय दलतका नेता बलदेव शर्मा पोखरेल, जिल्ला सचिव रामकृष्ण खाँण लगायतका नेताहरुले सभालाई सम्बोधन गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।