ताजा अपडेट »

शनिबार कांग्रेसले ७५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्ने

शुक्रबार, ०२ माघ २०७७, १५ : ०४
16 Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध भोली (शनिबार) देशभर विरोध प्रदर्शन गर्ने भएको छ । देशका ७५३ स्थानीय तहमा सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शनमा उत्रिन सभापति शेरबहादुर देउवाले नेता एवं कार्यकर्तालाई अपिल गरेका छन् ।

शुक्रबार जारी गरिएको एक विज्ञप्तीमा भनिएको छ, 'प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध नेपाली कांग्रेस देशव्यापी प्रदर्शन गरिरहेको छ । पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न भएका छन् ।

भोलि माघ ३ गते ७५३ स्थानीय तहमा निर्धारित विरोध प्रदर्शन सक्रिय सहभागिता साथ प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपील गर्दछु ।' प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यवद्धता प्रकट गर्न देउवाले अपिल गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।