ताजा अपडेट »

विराटनगरमा अनिश्चितकालीन आमहड्ताल

सोमबार, २३ बैशाख २०७६, १० : ५१
10 Shares

वैशाख २३,

विराटनगर । विराटनगर महानगरपालिकामा अनिश्चितकालीन आमहड्ताल घोषणा गरिएको छ। प्रदेशको १ को स्थायी राजधानी तोक्ने प्रक्रिया प्रदेश सभामा प्रवेश गरेसँगै संघर्ष समिति गठन गर्दै आन्दोलन आह्वान गरिएको हो ।

संघर्ष समितिले विराटनगरलाई राजधानी तोकेर संरचना पनि विराटनगरमा नै हुनुपर्ने माग राख्दै अनिश्चितकालीन आमहड्ताल आह्वान गरेको छ । प्रा.डा. भेषप्रसाद धमला संयोजक र महेश रेग्मी, नागेश कोइराला, मोदराज घिमिरे, राजकुमार यादव र मोहम्मद कादिर सहसंयोजक रहेको समितिले आमहड्ताल आह्वान गरेको छ । समितिले जारी गरेको विज्ञप्तिमा विराटनगरलाई स्थायी राजधानी बनाई सबै संरचना विराटनगरमा नै हुनुपर्ने उल्लेख गरिएको छ ।आइतवार नेपाली कांग्रेस र नेकपाका सांसदहरूले प्रदेशको स्थायी राजधानी विराटनगरलाई बनाउने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।