ताजा अपडेट »

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी जयश‌ंकरबीच भेटवार्ता

शुक्रबार, ०२ माघ २०७७, ११ : ५९
8 Shares

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र भारतीय समकक्षी एस जयश‌ंकरबीच भेटवार्ता भएको छ । नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन पुगेका मन्त्री ज्ञवाली र भारतीय समकक्षीबिच नयाँदिल्लीस्थित हैदरावाद हाउसमा केही बेरअघि भेटवार्ता भएको हो ।

भेटवार्तामा नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, भारतीय विदेशसचिव हर्षवर्धन शृङ्गलालगायतका व्यक्ति सहभागी छन् । भेटवार्तापछि हैदरावाद हाउसमै संयुक्त आयोगको बैठक सुरु हुनेछ । बैठकमा सीमा विवाद समाधान, इपिजी प्रतिवेदन ग्रहणलगायत कोभिड– १९ विरुद्धको खोप, ऊर्जा, कनेक्टिभिटीलगायत ४० भन्दा बढी विषयमा छलफल हुनेछ ।

बैठकमा नेपालले सीमा विवादलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । तर, भारतीय पक्षले भने सीमा विवादलाई प्राथमिकतामा नराखेको बताइएको छ । परराष्ट्रमन्त्री ज्ञवाली शनिबार काठमाडौं फर्किने छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।