१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

भैरहवा। बिहिबार माघेसक्रान्तिकाे दिन । ढपक्कै ढाकेकाे हुस्सु र कुहिराेले १०/१५ मिटरकाे दुरिमा पनि मान्छेहरु चिन्न माैसमले चुनाैति दिईरहेकाे थियाे । तथापि परिवार तथा नातागाेता भेला भएर खिचडी, तरुल, तीलकाे लड्डु खाने,माघि मेला हेर्ने एवम् साथिभाईसंग रमाईलाे गरेर बिताउने गरि पुसे जाडाेमा पनि भैरहवा जुट्दै थियाे । तर बिड्म्बना बाक्लाे हुस्सु कुहिराेकाे बिच एकाएक दिमाग नै खलबलाउनेगरि सन्देश आयो , शान्ता जिसिकाे स्वर्गारोहण भयाे ।

Advertisement

पत्याउनै गाह्राे सधै हासिरहने, जाे जसलाई पनि खुला दिलले सहयाेग गर्ने भैरहवाकै दिदी शान्ता दिदिकाे निधनकाे खबरले पूरा भैरहवा सहर नै स्तब्ध भयाे । माघे शितलहरमा कठ्याङग्रिएका मान्छेहरुका दिमाग तातिए । दुखः बेदनाकाे लहरकाे छटपटिमा पिराेलिदा मान्छेहरु हस्याङफस्याङ गर्दै धेरैजसाे माघेसक्रान्तिका सबै कार्यक्रम रद्द गरि उनकाे निवास ब्रमेलिटाेलतिर हानिए ।

काठमाडौंकाे ग्रान्डि अस्पतालमा उपचारकाे क्रममा बिहीबार बिहान नै निधन भएकाे उनकाे पार्थिब शरीर दिउसाे भैरहवा आइपुग्यो। परिवार र ईस्टमित्रले पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने चाहना हुदा हुँदै उनको श्रीमान र भैरहवाका सबै भाइ बहिनिहरुकाे अनुराेधलाई परिवारले स्विकारि भैरहवा ल्याउने काम भयाे । मान्छेहरु खबर सत्य नहाेस् भन्दाभन्दै दिदिकाे पार्थिव शरीर नियाल्न पुगे । मान्छेका आँखाबाट आंशु बरबरि झर्न थाले । सामाजिक सन्जालहरु एकाएक भरिए हिमाल जस्तै खुलेर हासेकाे अनुहार सहितकाे तस्विर पाेस्टाउदै सबैले दुख ब्यक्त गरिरहेका थिए ।

केहि घन्टापछि सबै भावविह्वल हुँदै उनकाे तस्विर गाडि माथि राखेर श्रद्धापूर्वक स्वर्गद्वारीघाट पुराईयाे । भैरहवा सहर नै राेयाे । त्याे ठन्डिकाे बाबजुद पनि हजाराै मान्छेहरु शबर्यालिमा सहभागी भए । स्वर्गद्वारी घाटमा मान्छेहरुकाे खचाखचि उस्तै थियाे । चिसाे माैसम, शीतलहर चलेकाे समय अनि पर्वकाे दिन सायदै यति धेरै मान्छे भैरहवामा एकै ठाउँ भेला भएर राेएकाे पहिलाे हाेला ।

स्थानिय सरकारका प्रमुख उपप्रमुख, प्रदेश सासद, संविधानसभा सदस्य, उद्योग बाणिज्यसंघका केन्द्रीय सदस्यहरु, प्रदेशका पदाधकारिहरु , विभिन्न संघसंस्थाका प्रमुख, पत्रकार, नागरिक अगुवाहरु, राजनैतिक दलका प्रमुख , सरकारि, गैरसरकारि कार्यलयका प्रमुख, उद्योगि , ब्यवसायि, महिला अधिकारकर्मि तथा अाम सर्वसाधरण सबै जना स्वर्गद्वारी घाटमा निशब्द थिए ।

अन्तिम श्रद्धाञ्जलीकाे समय समाजका प्रतिस्ठित मान्छेहरु एकैसाथ घ्वा घ्वा रुदा स्वर्गद्वारीमा सन्नाटा नै छायाे । धेरैले भने शान्ता दिदी सबैकाे दिदी । हरेक दिन एउटा मलामि थपेकि रहिछ्न । यसैले हाेला याे शितलहरकाे प्रवाहनगरि मान्छेहरु उनलाई श्रद्धाञ्जली दिन आएका छन् । नेपाल उद्योग बाणिज्य महासंघकाे पुर्व केन्द्रीय सदस्य रहेकि शान्ता जिसि काठमाडौं बाहिर ब्युटिपार्लर उद्यम सन्चालन गर्ने पहिलाे महिला हुन् ।

निकै साहसि, सहयाेगि, सामाजिक ब्यवहार धनी र मिलनसार तथा उर्जावान शान्ता दिदिकाे मृतात्माले शान्ति पाओस् । पुनर्जन्म भए फेरि पनि यसैगरि शान्ता र निश्चछल भावना सहित उनको माया र ममता सबैले पाईरहुन् । उनको समभाव र सम्यक दृष्टि हामी सबैकाेलागि अभाब खड्किरहनेछ । अलबिदा दिदी !!!

प्रतिकृया दिनुहोस्

Flash News

स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने १ करोड मतगणना हुँदा कुन दलको कति मत ? सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई एक दर्जन निर्माण कम्पनी कालो सूचिमा पर्दा बुटवलको सडक अलपत्र पार्ने ठेकेदारलाई उन्मुक्ति हार्दिक श्रद्धाञ्जली एन.बी. जी ! बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज आयोगको बैठक बस्दै प्रतिनिधि सभा : १६१ स्थानको टुङ्गो लाग्यो, १ स्थानमा गणना जारी हुँदा ३ ठाउँ अन्यौलमा प्रदेश सरकार गठन गर्न केन्द्रको भर, लबिङका लागि नेता भेट्नेको लर्को यस्तो छ आजको मौसमी पूर्वानुमान