ताजा अपडेट »

तिलोत्तमामा व्यवसायिक क्रिकेट एकेडेमी

विहीबार, ०१ माघ २०७७, २२ : ३१
14 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा व्यवसायिक क्रिकेट एकेडेमीको शुभारम्भ भएको छ । तिलोत्तमा क्रिकेट एकेडेमी नेपाल प्रालिले बिहीबार एक कार्यक्रमका बीच सुविधा ब्यवसायिक एकेडेमी शुभारम्भ गरेको हो ।रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख संगमसिंह थापाले ब्याटिङ र नेपालका पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले बलिङ गर्दै एकेडेमीको उद्घाटन गरेका हुन्।

तिलोत्तमा क्रिकेट एकेडेमीका अध्यक्ष दिपक शर्मा भुर्तेल र निर्माण क्षेत्रसंगै खेलमा आवद्ध रहेका कृष्ण भुषालको संयुक्त लगानीमा एकेडेमी सञ्चालनमाआएको हो । तिलोत्तमा नगरपालिका वडा नं ५ मा रहेको ७ कठ्ठा क्षेत्रफलमा पूर्वाधार निर्माण गरिएको छ ।

दुई वटा सिमेन्टेड र एउटा टर्फ गरी ३ वटा पिच तयार गरिएको छ । एकेडेमीमा करिब ३० लाख रुपैंया लागत रहेको सञ्चालकद्वयले बताए । एकेडेमीमा प्रमुख प्रशिक्षक शंकर राना, सहायक प्रशिक्षक घनश्याम थारुले खेलाडीहरुलाई प्रशिक्षण दिनेछन् भने विहान र साँझको समयमा करिब ५० जनाले प्रशिक्षण लिन सक्नेछन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।