११ मंसिर २०७९, आईतवार

Nov 27, 2022

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिबाट विकसित योग अहिले अन्तरराष्ट्रियकरण भएको बताए । राष्ट्रिय योग दिवस मूल समारोह समितिका आयोजनामा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले शरीरलाई चुस्तदुरुस्त राख्न र प्रतिरोधी क्षमता तथा बहन गर्न एवं सहन शक्तिको विकास गरी गतिवान् जीवन पद्धतिका लागि नेपालका पूर्वजले विकास गरेको योग नै अन्तरराष्ट्रियकरण भएको स्पष्ट गरे ।

Advertisement

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावका आधारमा सन् २०१४ देखि हरेक जुन २१ लाई अन्तरराष्ट्रिय योग दिवस मनाउने संयुक्त राष्ट्र सङ्घको निर्णयमा नेपालको पनि योगदान रहेको जनाउँदै प्रधानमन्त्री ओलीले ‘हाम्रो ठाउँ’ मा १५ हजार वर्षअघि नाता जोडिएको योगले अन्तरराष्ट्रिय माान्यता पाएको बताए । उनले भने, “योग कुनै धर्म वा अध्यात्मसँग सम्बन्धित छैन । यो दर्शनको सृष्टिभन्दा अगाडिबाट विकसित हुँदै चिन्तन,मनन र ज्ञानसँग सम्बन्धित हुँदै आएको छ । यो शरीरका अष्टाङ्गसँग गाँसिएको छ । हामीले यसलाई दैनिक जीवन पद्धतिमा अपनाउनुपर्छ ।”

नेपालको शिव तथा जनक, कपिल र बुद्ध सभ्यता, महर्षि पतञ्जलि हुँदै योग दिवस मनाउने परम्पराको थालनी भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हाम्रा पूर्वज र शास्त्रले गणना र विश्वासका आधारमा असाधारण गणित र आयुर्वेदको आविष्कार गरेकै सिलसिलामा अन्तरराष्ट्रिय योग दिवस मनाउने परम्परा थालनी भएको बताए ।

कार्यक्रममा योग प्राकृतिक चिकित्सा क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई पुरस्कृत गरिनाका साथै ‘योग विशेष बुलेटिन’ विमोचन गरिएको थियो । कार्यक्रममा योगाभ्यास पनि गरिएको थियो । यस वर्षको दिवसको आदर्श वाक्य ९नारा० ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ रहेको छ । नेपालमा विसं २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आएको छ । वर्षमा लामो दिन अर्थात् सूर्य उत्तरायनतर्फ लाग्ने दिनलाई योग दिवसका रुपमा मनाउन थालिएको हो ।

प्रतिकृया दिनुहोस्

Flash News

इलाम १ र सुनसरी ४ मा रोकिएको मतगणना सुरु मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु क्युएफएक्स बुटवलले तेस्रो वार्षिकत्सोवको अवसरमा टिकटमा छुट लुम्बिनी बौद्ध विश्वविद्यालयले १८ औं स्थापना दिवस सप्ताहव्यापी मनाउँदै देउवाका ६ मन्त्री पराजित आमनिर्वाचनमा राप्रपाको फड्को लुम्बिनी प्रदेशमा एमाले बन्यो ठूलो दल यी तीन उम्मेदवार, जसले अर्घाखाँचीमा सबैभन्दा कम मत प्राप्त गरे उत्तर कोरियाको लक्ष्य विश्वको बलियो आणविक शक्ति प्राप्त गर्नु होः किम जोङ उन चितवनमा गैंडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई लुम्बिनीमा ३ अर्बको ठेक्का ! १५७ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन पार्टीले कति सिट जित्यो ? अमेरिकामा हुवावे र जेडटीइले उत्पादन गरेका दूरसञ्चार उपकरण विक्रीमा प्रतिबन्ध रेल्वे कम्पनीले कर्मचारी भर्ना खुलायो, चालकदेखि टेक्निसियनसम्म १० जना माग प्रत्यक्षतर्फ १५४ सिटको टुङ्गो लाग्दा यी ११ स्थानमा बाँकी गुल्मीमा धान उत्पादन घट्यो, करिब २८ हजार मेट्रिकटन उत्पादन तुराँग वहुप्राविधिक शिक्षालय विपन्न विद्यार्थीकाे सहारा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ विजयी गिरिराजमणिलाई हराउँदै एमालेका लक्ष्मी महतो विजयी आफूमाथि गोली प्रहार भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए खान प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता