ताजा अपडेट »

आमाको मुख हेर्ने दिन:जननी जन्मभूमिश्च स्वर्गादापि गरियसी

शनिबार, २१ बैशाख २०७६, ११ : ०६
10 Shares

वैशाख २१,

ग्लोबल आवाज

बुटवल । आज देशभर मातातिर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर प्रकट गरी आज (आमाको मुख हेर्नेदिन ) मातातिर्थ औँसी मनाउने परम्परा तथा संस्कार छ । औँसीका अवसरमा बिहान सबेरै स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन रहीआएको छ । यसदिन आमा नभएकाहरुले भने आमाको श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् ।

‘जननी जन्मभूमिश्च स्वर्गादापि गरियसी’ भन्दै शास्त्रीय रुपमा नै जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूला हुन् भनिएको छ । आमाप्रति श्रद्धाभाव व्यक्त गरिने यो पर्व आफैँमा महत्वपूर्ण छ । शास्त्रमा पनि आमामलाई पहिलो स्थान दिइएको छ । शास्त्रमा बाबुभन्दा आमा दश गुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको छ । मातृदेवो भवः भनेर सबैभन्दा पहिले भनिन्छ । त्यसपछि मात्र पितृदेवो भव, आचार्यदेवो भव भनिन्छ । यसैबाट शास्त्रले आमालाई महत्व दिएको स्पष्ट हुन्छ ।

दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औंसीमा विभिन्न धार्मिक तिर्थस्थल तथा नदीहरुमा आज भिड लाग्दछ । मातातिर्थ (आमाको मुख हेर्ने दिन)को अवसरमा विहानैदेखि मिठाई,कपडा,फलफुल खरिद गरी आफ्ना आमाहरुलाई भेट्न सन्तानहरु आमा समक्ष पुुगेका छन् । त्यसैगरी आफ्ना आमा नभएका (स्वर्गारोहण भएका) वा टाढा भएका सन्तानहरु भने वृद्धाआश्रम तथा मन्दिर जाने गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।