ताजा अपडेट »

आजदेखि अर्को बैंकको एटिएम प्रयोग गर्दा शुल्क लाग्ने

विहीबार, ०१ माघ २०७७, १२ : २७
6 Shares

काठमाडौं । बिहीबारदेखि एक बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएम मेसिनमा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ। राष्ट्र बैंकले पुष २३ गते भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेको थियो ।

यद्यपी, महिनामा दुई पटक मात्रै एटिएम प्रयोग गर्दा भने शुल्क लाग्ने छैन । तर, महिनामा दुई पटकभन्दा धेरै कारोबार गर्दा प्रति कारोबार २० रुपैयाँ भन्दा बढी शुल्क लिन नपाइने राष्ट्र बैंकले जनाएको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले उत्पन्न लकडाउनको समयमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई अन्तर बै‌ंकिङ् शुल्क र मोबाइल तथा इन्टरनेट बैंकिङ प्रयोगमा शुल्क नलिन निर्देशन दिएको थियो ।

त्यसैले पनि सेवाग्राहीहरुले निशुल्क रुपमा मोबाइल तथा इन्टरनेट बैंकिङको प्रयोग गर्दै आएका थिए । अब भने सेवाग्राहीले इन्टरनेट तथा मोबाइल बैंकिङ प्रयोग गर्दा शुल्क तिर्नु पर्ने भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।