१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

सिमकोट । तीन वर्ष अगाडि लडेर टाउकोको नशा च्यापिएर बिरामी भएका एक युवकको अर्थाभावका कारण उपचारमा समस्या भएको छ । स्थानीय र जिल्लामा उपचार गर्दा निको नभएपछि अर्थाभावले जिल्ला बाहिर लगिए पनि उपचार गर्न समस्या भएको हो ।

घरको आर्थिक अवस्था कमजोर भएपछि जिल्लाको दक्षिण क्षेत्रको चङ्खेली गाउँपालिका–२ का नगेन्द्र सुनारको उपचार गर्न समस्या भएको उनका बुवा पौमल सुनारले जानकारी । तीन वर्ष अगाडि लडेर बिरामी भएका सुनारलाई शुरुमा घरेलु उपचार गरिएको र सञ्चो नभएपछि जिल्ला अस्पतालमा भर्ना गरी उपचार गर्दा पनि सञ्चो नभएपछि थप उपचारका लागि काठमाडौँ लगिए पनि अर्थाभावकै कारण समस्या भएको जनाइएको छ ।

चिकित्सकको सुझावअनुसार आफूसँग भएको जग्गा बिक्री गरेर जिल्ला बाहिर लगे पनि उक्त रकम सकिएपछि उपचारमा समस्या भएको हो । तीन महिना अगाडि बिरामीलाई काठमाडौँ लगे पनि सञ्चो नभएको बताइएको छ । अर्थाभावकै कारण बिरामी छोरालाई अस्पतालमा भर्ना नगरेर एउटा कोठामा राखिएको पौमलले बताए ।

आर्थिक सहयोग प्राप्त भए छोरोलाई बचाउने चाहना रहेको उहाँले सुनाए । उनले आफूलाई आर्थिक सहयोग गरेर उपचारबाट बचाइदिन आग्रह गरेका छन् ।बिरामी सुनारलाई सहयोग गर्न चाहने व्यक्तिले मोबाइल नं ९८४५४४२९३३ मा सम्पर्क गर्न सक्ने परिवारले जनाएका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

विकासका कामहरुमा राजनीतिक रँग नदिन छत्रकाेट गाउँपालिकाका अध्यक्ष पाण्डेकाे आग्रह गृहमन्त्री खाणकै गृहजिल्ला रुपन्देहीमा कांग्रेस शुन्य, कार्यकर्ता असन्तुष्ट समानुपातिकतर्फ कसको कति मत ? भ्रष्टाचार आराेपमा दाङका तत्कालिन प्रमुख डिभिजनल इन्जिनियर विरुद्ध मुद्दा दायर स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने १ करोड मतगणना हुँदा कुन दलको कति मत ? सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई एक दर्जन निर्माण कम्पनी कालो सूचिमा पर्दा बुटवलको सडक अलपत्र पार्ने ठेकेदारलाई उन्मुक्ति हार्दिक श्रद्धाञ्जली एन.बी. जी !