१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

काठमाण्डौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचनका लागि पूर्वशर्तका रुपमा रहेको मतदाता नामावली अद्यावधिक गर्ने र मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्न सबै सरोकारवालासँग प्रभावकारी समन्वय गरी जिम्मेवारीपूर्ण रुपमा सम्पादन गर्नुपर्ने बताएका छन्।

Advertisement

मतदाता नामावली अद्यावधिक, मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम, कार्यान्वयनसम्बन्धी अनलाइन प्रविधिमार्फत दोस्रो समूहमा प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशस्थित जिल्ला निर्वाचन कार्यालयमा कार्यरत कम्प्युटर अपरेटरका लागि सञ्चालित एक दिने प्रशिक्षणको उद्घाटन गर्दै उनले निर्वाचन व्यवस्थापनमा सुधार गर्नका लागि आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनामा उल्लेख भएबमोजिम आयोगका गतिविधिमा प्रविधिको प्रयोगको विस्तार बढाउँदै लगिने बताए ।

प्रमुख थपलियाले भने, “मतदाता नामावली ऐनअनुुसार निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता गर्न नसकिने तर निर्वाचन प्रयोजनका लागि मतदाता नामावली अद्यावधिक गरिने व्यवस्थाअनुसार मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने र दाबी विरोधका कार्यक्रम मात्र सञ्चालन गरिनेछ ।”

निर्वाचनले लोकतन्त्रलाई बलियो बनाई सुशासन कायम गर्न सहयोग पुर्याउने भएको हुँदा आयोगलाई प्राप्त संवैधानिक जिम्मेवारीअनुरुप निर्वाचन गराउनु आयोगको प्रमुख कर्तव्य भएको बताउदैँ उनले निर्वाचन व्यवस्थापनको आधारभूत पक्षका रुपमा रहेको मतदाता नामावली शुद्ध र त्रुटिरहित बनाउन एवं मतदाताको हितलाई ध्यान दिई सुरक्षित, पहुँचयोग्य, विवादरहित र पायक पर्ने स्थानमा मतदानस्थल निर्धारण गर्नुपर्ने बताए । सबै नागरिकको सहजताका लागि स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न लागिएकाले सम्पूर्ण नागरिकलाई उक्त अवसरको सदुपयोग गर्न आयोगले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने १ करोड मतगणना हुँदा कुन दलको कति मत ? सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई एक दर्जन निर्माण कम्पनी कालो सूचिमा पर्दा बुटवलको सडक अलपत्र पार्ने ठेकेदारलाई उन्मुक्ति हार्दिक श्रद्धाञ्जली एन.बी. जी ! बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज आयोगको बैठक बस्दै प्रतिनिधि सभा : १६१ स्थानको टुङ्गो लाग्यो, १ स्थानमा गणना जारी हुँदा ३ ठाउँ अन्यौलमा प्रदेश सरकार गठन गर्न केन्द्रको भर, लबिङका लागि नेता भेट्नेको लर्को यस्तो छ आजको मौसमी पूर्वानुमान