ताजा अपडेट »

माघी लुम्बिनी प्रदेशको साझा पर्व : मुख्यमन्त्री

बुधबार, २९ पुस २०७७, १७ : १७
8 Shares

बुटवल । माघी पर्व लुम्बिनी प्रदेशको साझा पर्व भएको मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् । माघे संक्रान्ति पर्वको अवसरमा बुटवलस्थित मन्त्री निवासमा आयोजित कार्यक्रममा बोल्र्दै मुख्यमन्त्री पोखरेलले माघी पर्व प्रदेशको साझा पर्व भएको बताएका हुन् ।

मुख्यमन्त्री पोखरेलले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको असर पर्वमा समेत परेको हुनाले महामारीबाट जोगिएर उल्लाहासका साथ माघी पर्व मनाउन पनि आग्रह गरेका छन् । साथै लुम्बिनी प्रदेश सांस्कृतिक विविधतायुक्त प्रदेश भएको पनि मुख्यमन्त्रीले बताएका छन् ।

कार्यक्रममा विभिन्न ५ प्रकारका सांस्कृतिक झलक समेत प्रस्तुत गरिएको थियो । संघीय सरकारले माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक विदा दिएता पनि लुम्बिनी प्रदेश सरकारले भने माघ १ र २ गते प्रदेशभर सार्वजनिक विदा दिने निणर्य गरेको छ ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।