ताजा अपडेट »

स्थानीयहरुको समस्या पनि सम्बोधन गर्नुपर्छ : उड्डयन मन्त्री ढकाल

बुधबार, २९ पुस २०७७, १५ : ३५
6 Shares

भैरहवा । नागरिक उड्डययन, संस्कृति तथा पर्यटन मन्त्री भानुभक्त ढकालले आज बुधबार भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलको अवलोकन गरेका छन् । अवलोकनको क्रममा उनले बिमानस्थल निर्माणको क्रममा जग्गा दिएका स्थानीयहरुको समस्या पनि समाधान गर्नेतर्फ सरकार कटिवद्ध रहेको प्रतिवद्धता जनाएका छन् ।

“एयरपोर्ट चलिरहने तर एयरपोर्ट चले बापत भएका रोजीरोटी र घरपरिवारका कुरा सबै फेरिने खालको ब्यवस्था हुनु पर्ने तर,त्यसको ब्यवस्थापन नहुने हुनुहुँदैन ।” मन्त्री ढकालले भने “स्थानियहरुसंग भएको सम्झौता अनुसार नै जाने र त्यसको निम्ति यहा भएको कामहरु गर्ने एउटा कुर भयो राज्यले त्यसमा थप अपनत्व लिने कुरा सरकारले ध्यान दिएर हेर्नुपर्छ ।”

उनले बिमानस्थल सञ्चालनमा आई सक्नुपर्नेमा अहिले सम्म नसकिएको बताउदै अब बिलम्ब हुन नहुने उनले बताए । बिमानस्थल निर्माण अन्तिम अन्तिममा आईपुग्दा प्रतिकुल अवश्थाको कारण लम्बिएको बताए । प्राविधिक जनशक्ति नआउदा प्रतिकुलता हो कि प्रतिकुलताको बहाना हो भन्ने कुराको निक्र्यौल गर्नुपर्ने अवश्थामा सरकार पुगेको उनले बताए ।

भैरहवामा निर्माणाधिन गौतम बुद्ध बिमानस्थलको निर्माण अवधि सरकारले दिएको पुष १५ गतेको म्याद सकिएको छ । म्याद भित्र काम नसकिएपछि अहिले पुनः म्याद थपको तयारी भई रहेको आयोजनाले जनाएको छ ।३१ डिसेम्बर २०१४ मा काम शुरु भएको आयोजनाको ९३ दशमलव ८० प्रतिशत भन्दा बढि भौतिक प्रगति हासिल गरेको छ । ३ पटक म्याद थप गरी सकेको विमानस्थलले चौथो पटक ३१ मार्च २०२० सम्मका लागि र ३१ डिसेम्बर २०२० सम्मका लागी पाचौं पटक म्याद थप गरिएको थियो ।

पाचौं पटकको म्याद पनि सकिएर अहिले पुनः म्याद थपको प्रक्रियामा रहेको छ ।
६ अर्ब ८२ करोडको लगानीमा सम्पन्न हुन लागेको आइसिबी–१ स्तरको विमानस्थल आयोजनामा एडिबीको ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान, ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३०.५ प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी छ । यस्तै आईसिबी–२ अन्र्तगत बिमानस्थलमा जडान हुने उपकरणहरुका लागी पनि करिब ५० करोड लगानी छ ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा