१८ मंसिर २०७९, आईतवार

Dec 4, 2022

हवाना । क्युबाका राष्ट्रपति मिगेल डायाज–कनेलले आफ्नो देश क्युबालाई आतंकवादीलाई प्रश्रय दिने मुलुकको सूचीमा राखेकामा संयुक्तराज्य अमेरिकाको निन्दा एवं भत्र्सना गरेका छन् ।

राष्ट्रपति मिगेलले मङ्गलबार ट्वीट गर्दै क्युबाले जहिल्यै आतंकवादको विरोध गरिआएको र क्युबा अनावश्यक रुपमा दण्डित भएको बताए । उनले क्युबा कहिल्यै पनि आतंकवादलाई प्रश्रय दिने मुलुक नरहेको पनि बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा क्युबामाथि शत्रुतापूर्व व्यवहार गरिएको बताउँदै राष्ट्रपति मिगेलले आगामी बाइडेन प्रशासनमा दुबै मुलुकबीचको सम्बन्धमा सुधार हुने विश्वास व्यक्त गरे ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले क्युबालाई आतंकवादलाई प्रश्रय दिने मुलुकको सूचीमा राखेको घोषणा गरेलगत्तै क्युबाली राष्ट्रपति मिगेलले यस्तो प्रतिक्रिया दिएका हुन् । क्युबालाई सन् १९८२ मा अमेरिकाले आतंकवादलाई प्रोत्साहन गर्ने मुलुकको सूचीमा राखेको थियो तर सन् २०१५ मा बाराक ओबामा प्रशासनले उक्त प्रतिबन्ध फुकुवा गरेको थियो । तर राष्ट्रपति ट्रम्पले क्युबाबाट अमेरिकालाई खतरा अझै रहेको भन्दै कडा आर्थिक प्रतिबन्धहरु घोषणा गरेका थिए ।-रासस/सिन्ह्वा

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

संस्कृत विश्वविद्यालयका उपकुलपति लामिछानेको आवासगृहमा तोडफोड तिलोत्तमाको मेलामा राजु परियार गायिका आशाको प्रस्तुती रुपन्देही-५ को कञ्चनमा सांसद बासुदेव घिमिरेको सम्पर्क कार्यालय बुटवलको कालिका क्याम्पसमा वार्षिकोत्सबको अवसरमा सप्ताहव्यापी कार्यक्रम तिलोत्तमाको विद्युत प्राधिकरण नयाँ मिल वितरण केन्द्रको नयाँ भवनबाट सेवा शुभारम्भ अनलाइन सञ्चार माध्यमको संख्या ३ हजार ७०३, सूचीकरण अद्यावधिक गर्न काउन्सिलको सूचना भैरहवामा अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता सुरु रुपन्देहीमा घर बनाईदिने प्रलोभनमा लाखौँ ठगि गरी फरार प्रतिनिधिसभाका १६५ मध्ये १६४ स्थानको परिणाम सार्वजनिक राजधानी तत्काल दाङ नसार्न एमालेबाट निर्वाचित रुपन्देहीका ४ सांसदको माग सुकुम्बासी व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन कहिले हुन्छ निर्वाचन आचारसंहिता फुकुवा ? बुटवलमा बसको ठक्करबाट १५ महिनाका बालकको मृत्यु विश्वका आधा प्रजातान्त्रिक देश पतनमाः अध्ययन जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ घाँटी रेटेर महिलाको हत्या गरेको आरोपमा प्रहरी जवान पक्राउ कांग्रेस प्रवक्ता महत किन भेट्दैछन् नेताहरूलाई ? कम्युनिस्टविनै बहुमतको सरकार बन्छ ? यस्तो छ सम्भावना बुटवलबाट मुख्यमन्त्रीले मन्त्रालय दाङ सार्न थालेपछि दलहरुको बिरोध कोलम्बियामा सरकार र विद्रोही समूहबीच वार्ताः सहमतिनजिक पुगेको राष्ट्रपतिको भनाई