ताजा अपडेट »

आँखा सम्बन्धी रोग र उपचारका उपायहरु:

शुक्रबार, २० बैशाख २०७६, १७ : ०२
107 Shares

बाबा योगीराज
योगाचार्य एवम् पञ्चगव्य आयूर्वेदविशेषज्ञ

आँँखाबिना यो संसार अध्यारो हुन्छ । आँँखा त प्रवृmतिको अनमोल रत्न हो । यस रत्नलाई हर समय स्वस्थ राख्नु पर्दछ । आँँखामा अनेकौ रोगहरू हुन्छन । यिनिहरूको प्रारम्भिक अवस्थामा नै निवारण गर्नु पर्दछ ।

१) आँखा दुख्नु
उपचार:
क) उषापान – (विहान उठने वित्तीकै पानी पिउने )

राति सुत्ने समयमा एउटा तामाको भांडामा एक–डेढ लीटर पानी राख्ने । यदि कालो तुलसी पत्रहरु छन् भने ५—७ वटा रखिदिने र ढाकिदिने । यदि छैनन् भने पानीमात्रै भए पनि राख्ने, बिहान ब्रहममुहूर्तमा उठ्ने र सवैभन्दा पहिले पानी पिउने त्यसपछि मात्रै शौचादि जाने । ८ वर्ष देखि १२ वर्षसम्मका बालकहरूले एक गिलास, १२ वर्षदेखि १५ वर्षसम्मका किशोरहरूले दुई गिलास, १६ वर्षदेखि ३० वर्षसम्मका युवाहरूले ३ गिलास र ३० वर्षभन्दा माथिका व्यक्तिहरूले ४—५ गिलास पानी पिउनु पर्छ । यस प्रकार नियमित उषापान गर्नाले मलावरोध हुदैन, रोग प्रतिरोधात्मक शक्तिको वृद्धि हुन्छ । उषापान स्वस्थ एवं रोगी सबैले प्रतिदिन नियमानुसार पिउनु पर्दछ ।

ख) गोमूत्र या अर्कको सेवन
कामधेनु वशंका (स्थानिय) गाई जो वन, जंगल, चउर आदिमा चरेकाको ताजा मूत्र १०० मि.ली. लिने र एक सफा सुति कपडालाई आठ तह पटाएर उक्त गोमूत्रलाई आठ पटक छान्ने । त्यसपछि विहान र वेलुका खाना खानु भन्दा एक घण्टा पहीला तिस एम एल पिउने । गोमूत्र पान गरेको आधा घण्टासम्म केहि पनि खान पिउन हुदैन । गोमूत्र सेवनले शरीरका अनेकौ रोगहरू को पनि रामवाणको काम गर्दछ ।
अथवा

गोमूत्र औषधादिअर्क सेवन
कामधेनुवंशका (स्थानिय) गाईकोमूत्र र जडिबुटिलाई वाप्सिकरण अर्थात डिस्टीलेसन गरेर तयार गरिएको अर्क बिहान–सा“झ भोजन गर्नु भन्दा आधा घण्टा पहिला बिस एम.एल 20 ml सेवन गर्ने । नोटः– १५ बर्ष भन्दा मुनिका बच्चाले गोमूत्र या गोमूत्र अर्क सेवन गर्न परमा आयुर्वेद डाक्टर र कविराज, र वैद्यको सल्लाह अनुसार मात्र प्रयोग गर्नु पर्दछ । गोमूत्र एवं गोमूत्र अर्क खाएको आधा घण्टा सम्म केहिपनि खान र पिउन हुदैन ।

ख) फिटकिरी र गुलाब जलको प्रयोग
२ रत्ती फिटकिरीलाई मसिनो गरी पिसेर ३ ग्राम गुलाब जलमा घोल्ने र एउटा सफा का“चको भा“डामा राख्ने । त्यसपछि आई Eye डपरद्धारा यसलाई २/२ थोपाको दरले दिनमा २/३ पटक आ“खामा राख्नाले आ“खा दुखेको ठीक हुन्छ ।

ग) कालो तुलसिको अर्क
आँँखामा कालो तुलसिको अर्क राख्नाले जस्तै दुखेको भएपनि यसले रामबाणको काम गर्दछ । अर्क बनाउने तरिका : तुलसिको पञ्चाङ्ग अर्थात जरा, हागा, पात, फुल र फल सबैलाई साना साना टुक्रा गरि १ विmलो बनाएर अर्क वनाउने भाडोमा राखि आधा लिटर पानी राख्ने र जसरि रक्सी बनाइन्छ उसै अनुसार पकाउने (रक्सी बनाउने भाडा जस्तै हुन्छ तर रक्सी बनाएको भाडामा भने अर्क बनाउन हुदैन )
घ) निमको पात
निमको पात पकाएर मन तातो भएपछि सफा कपडाले छानेर आँँँखा धुनाले आँँखा दुखेको (पाकेको) ठिक हुन्छ
२) आन्नो आएकोमा
उपचार
क) उषापान नियमित रुपमा प्रतिदिन गर्ने ।
आँखामा आन्नो आएर पाकेको भए त्यसलाई निचोरेर सफा गरी घाउ माथि सुद्ध बेसार र सुद्ध घिउ मिलाई अनामिका औँलाले लगाउनाले १/२ दिनमा नै ठीक हुन्छ ।
ख) आपको पात
आन्नो आउन थाल्दानै आपको पात टिपेर पातको फेदमा निचोरेर जो रस आउछ त्यसलाई आन्नोमा लगाउनाले केहि दिनमा नै ठिक हुन्छ ।
ग) आन्नोमा रामबाण तित्रीको बिया
तित्रीको दानालाई पानीमा भिजाएर बाहिरको रातो भागलाई ठ्ठयाकेर सेतो भागलाई चन्दन झै घोटेर आन्नोमा लागाउने, तुरुन्त शीतल हुन्छ । ४/५ घण्टामा नै रोगको नामोनिशान रहदैन र भविष्यमा दोहोरिने सम्भावना पनि हुदैन ।
घ) बेसार र घिउ
आखामा आन्नो आएर पिप निक्लेको भए शुद्ध बेसार र शुद्ध घिउ मिलाई अनामिका औलाले उस घाउ माथि लगाउनाले आन्नो ठिक हुन्छ ।
ङ) आपको पात
आपको पात टिपेपछि पातको फेदमा च्यापे पछि एक प्रकारको रस लिक्लन्छ त्यो रस आन्नो आउन थाल्दानै लगाउनाले सुकेर जान्छ ।
च) बेलको पात
बेलको पातको रस आन्नो आउन थाल्दा नै आन्नोमा लगाउनाले आन्नो सुकेर जान्छ ।
छ) मह
गाउ घरमा पाल्ने पुरानो घार अर्थात लामो गोलो घारमा पालेको मौरिको शुद्ध मह आन्नोमा लगाउनाले आन्नो सुकेर जान्छ ।
३) मोती बिन्दु
उपचार
क) उषापान – (विहान उठने वित्तीकै पिउने पानी)
राति सुत्ने समयमा एउटा तामाको भांडामा एक–डेढ लीटर पानी राख्ने । यदि कालो तुलसी पत्रहरु छन् भने ५—७ वटा रखिदिने र ढाकिदिने । यदि छैनन् भने पानीमात्रै भए पनि राख्ने, बिहान ब्रहममुहूर्तमा उठ्ने र सवैभन्दा पहिले पानी पिउने त्यसपछि मात्रै शौचादि जाने । ८ वर्ष देखि १२ वर्षसम्मका बालकहरूले एक गिलास, १२ वर्षदेखि १५ वर्षसम्मका किशोरहरूले दुई गिलास, १६ वर्षदेखि ३० वर्षसम्मका युवाहरूले ३ गिलास र ३० वर्षभन्दा माथिका व्यक्तिहरूले ४—५ गिलास पानी पिउनु पर्छ । यस प्रकार नियमित उषापान गर्नाले मलावरोध हुदैन, रोग प्रतिरोधात्मक शक्तिको वृद्धि हुन्छ । उषापान स्वस्थ एवं रोगी सबैले प्रतिदिन नियमानुसार पिउनु पर्दछ ।
) प्याज, मह, र कपूर
सेतो प्याजको १० ग्राम शुद्ध मह (घर पालुवा मौरीको) १० ग्राम र भीमसेनी कपूर २ ग्राम लिने र एकै ठाउँमा मिलाएर राम्ररी चलाई एक का“चको भा“डामा राख्ने । यो औषधी बिरामीलाई सुत्ने समयमा आ“खामा राखिदिने मोतीबिन्दु ठीक हुन्छ ।
ग) मह
गाउ घरमा पाल्ने पुरानो घार अर्थात लामो गोलो घारमा पालेको मौरिको शुद्ध मह प्रतिदिन विहान साझ आखामा राख्नाले मोति विन्दु ठिक हुन्छ ।
घ) रिठा
रिठालाई साना साना टुक्रागरेर राति सुत्नेसमयमा भिजाउने र विहान राम्रोसंग मिचेर छान्ने र त्यो छानेको पानीलाई मन्द आगोमा पकाउने जब पानी सुकेर बाक्लो हुन्छ उतारेर चिसो हुन दिने र एउट सफा शिशिमा राख्ने र विहान र साझ गाजल लगाए अनुरूपनै लगाउनाले मोति विन्दु ठिक हुन्छ ।
ङ) गहुत अर्थात गाईको पिसाव
कामधेनु वंशका गाईको बाच्छीको (एक वर्ष भन्दा माथिको) गहुत (पिसाव) आठ तह सुति कपडाले आठपटक छानेर आखामा राख्नाले मोति विन्दु ठिक हुन्छ ।
४) आँखाको दृष्टि घट्न नदिनको लागि
उपचार
क) उषापान – (विहान उठने वित्तीकै पिउने पानी) र
ख) गोमूत्र या अर्कको सेवन गर्ने माथि उल्लेख गरेअनुसार ।
ग ) महको प्रयोग
स्वस्थ आँखामा घरपालुवा मौरीको मह एक दिन बिराएर लगाउने गर्नाले उमेर अनुसार आ“खाको दृष्टि बढ्दछ ।
घ) हरियो रगत
प्रत्येक दिन उषापानको एक घण्टा पछाडि नौ दिनका गहुको जमराको रस एक गिलास पिउने गर्नाले आ“खाको लागि अत्यन्त फाईदा गदर्छ । यसलाईनै अंग्रेजीमा ग्रीन ब्लड भनिन्छ ।
५) आँखाको ज्योति बढाउन एवम् स्वस्थ राख्न
उपचार
क) उषापान – (विहान उठने वित्तीकै पिउने पानी) र
ख) गोमूत्र या अर्कको सेवन गर्ने माथि उल्लेख गरेअनुसार ।

ग) सौंफ, बदाम र मिश्री
तीनै चीजहरु बराबर मात्रामा लिने र अलग अलग मसीनो गरी पिसेर एकै ठाउँमा राम्ररी मिलाई एउटा काँचको बोतलमा राख्ने । राती सुत्ने समयमा १० ग्राम मिश्रण २५० ग्राम कामधेनु गाईको दूधसंग प्रतिदिन सेवन गर्ने । यो प्रक्रिया ५१ दिनसम्म लगातार गर्नुपर्छ । यसको प्रभाव अत्यन्त छिटो हुन्छ । आँखाको ज्योति बढ्नाले चश्माको आवश्यकता पर्दैन। यसका अतिरिक्त दिमागी गर्मी भगाउँछ दिमागी कमजोरी हटाई स्मरण शक्तिमा वृद्धि गर्छ ।

घ) सरल उपाय पानीका छिटा प्रतिदिन मुखमा पानी भरेर गाला फुलाउने र आँखामा चिसो ताजा पानीका छिटा दिनमा ४ पटक दिने । यसले आखालाई स्वस्थ राखी नेत्रशक्ति वृद्धि गर्नमा सहयोग गर्छ ।

ङ) दुधि झार
दुधिझारको दुध आँखामा लगाउनाले आँखाको ज्योति बढदछ ।
६) फुलोपरेको
क) बर्रो र स्त्रिको दूध
बर्राको घाजिलाई स्त्रीको दूधमा घोटेर आखामा लगाउनाले फुलो परेको ठिक हुन्छ ।
ख) कपुर र वरको चोप
कपुरलाई वरको चोपमा घोटेर आखामा लगाउनाले जस्तै फुलोपरेको पनि ठिक हुन्छ ।
७) आखाको रातो पन
क) अनारको रस
आखामा अनारको रस राख्नाले आखाको रातो पन हराउछ ।
८) रक्तअन्धो
क–हिंग, सुहाग,र कानको मैला(कानेगुजि)
हिंग, सुहाग,र कानको मैला(कानेगुजि) बराबर लिने र महमा मिलाई आखामा राख्नाले केहि दिनमा नै रक्तअन्धो ठिक हुन्छ ।
ख) मरिच र दहि
मरिचलाई कामधेनु गाईको दहिमा पिसेर आखामा राख्नाले रक्तअन्धो ठिक हुन्छ ।
ग) कमलको केसर र गाईको गोवरको रस
कमलको फुलमा केशर हुन्छ त्यसलाई कामधेनु गाईको गोवरको रसमा खरल गरेर आखामा राख्नाले रक्तअन्धो ठिक हुन्छ ।
९) धमिलो देखिने
क) त्रिफला क्वाथ र कल्क
त्रिफलालाई क्वाथ र कल्क वनाउने त्यस क्वाथ र कल्कलाई दूधमा र घिउमा पकाउने र सन्ध्याको समयमा पिउनाले धमिलो देखिने आखाको रोग केहि दिनमा नै ठिक हुन्छ ।
१०) सबै प्रकारका आँखाका रोगहरू
क) अमलाको चूर्ण, निमको पात, परवलको पात, जेठिमधु, खयर, र तिल यिनिहरू समान मात्रामा मिलाई क्वाथ वनाउने र चिसो भएपछि आखा प्रक्षालन गर्नाले सबै प्रकारका आखाका रोगहरु ठिक हुन्छन ।
११) आखा चिलाउने रोगमा
क) पुनर्नवा र मह

आखा चिलाउने बिमारि छ भने पुनर्नवाको जरालाई शुद्ध महमा घोटेर आखामा लगाउनाले केहि दिनमा नै ठिक हुन्छ । साधुवाद

हिमलक्ष्मि आरोग्यधाम
सितगंगा १२, आरोग्यधाम (डोहोटे) अर्घाखाचि
सम्पर्कः– ९८५७०३४३३३, ९८१६४६५३६६
[email protected]

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।