ताजा अपडेट »

अर्घाखाँचीमा बस दुर्घटना, १२ जना घाइते

बुधबार, २९ पुस २०७७, १३ : ०२
8 Shares

अर्घाखाँची । अर्घाखाँचीमा बस दुर्घटना हुदाँ १२ जना घाइते भएको छन् । शितगंगा नगरपालिका–१४ सिमलपानीमा बुधबार बिहान लु १ ख ७८१४ नम्बरको बस शितगंगा नगरपालिका १३ को छेडाबाट कपिलबस्तुको बैरियाका लागि छुटेको लु १ ख ७८१४ नम्वरको बस शितगंगा नगरपालिका१४ छन्त्यालरुखमा दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार ब्रेक फेल भएर भएको बस दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका १२ जना मध्ये ९ जनालाई उपचारका लागि कपिलबस्तुको बैरिया अस्पतालमा र ३ जनालाई लुम्विनी प्रादेशिक अस्पतालमा, बुटवल पठाइएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँची अर्घाखाँचीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।