ताजा अपडेट »

बुटवलमा कांग्रेसको खबरदारी सभा

विहीबार, ०३ माघ २०७५, ०९ : ५९
4 Shares

माघ ३,
बुटवल । नेपाली कांग्रेस रुपन्देहीले बुटवललाई स्थायी राजधानी घोषणा गर्न, सुशासन कायम गर्न लगाएतका विषयमा दबाव दिन गरेको खबरदारी सभा बुटवलमा जारी छ। गत वर्ष माघ ३ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला बुटवललाई अस्थायी राजधानी घोषणा गरीएको थियो।

अस्थायी राजधानी घोषणाको वर्षगाठको दिन पारेर कांग्रेस रुपन्देहीले स्थायी राजधानी घोषणा गर्न दबाव दिन खबरदारी सभा गर्न लागेको कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिनुभयो ।


खबरदारी सभामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांण, पार्टीका प्रवत्ता तथा युवा नेता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, पुष्पा भुषाल, देवेन्द्रराज कंडेल, मानबहादुर विक लगायतका शिर्ष नेताहरूले सम्बोधन गर्दैछन् । सभापूर्व बुटवलको ट्राफिक चोकमा हुने खवरदारी सभापूर्व राजमार्ग चौराहाबाट जनप्रर्दशन समेत गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।