१८ मंसिर २०७९, आईतवार

Dec 4, 2022

संकेतिक तस्विर

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकाले महिलामैत्री योजना लागू गरेको छ । तीमध्ये एक हो, सुरक्षित प्रसूतिका लागि निमन्त्रणा । घरमै सुत्केरी हुँदा आमा/बच्चाको स्वास्थ्य खतरा हुन सक्ने भन्दै गाउँपालिकाले सुरक्षित प्रसूतिका लागि गर्भवती महिलालाई स्वास्थ्य संस्थामा नियमित चेकजाँच र प्रसूतिका लागि निमन्त्रणा गरेको हो ।

Advertisement

जुन घरमा गर्भवती छन्, त्यो घरमा बधाईसहित गाउँपालिकाकाले कार्ड पठाउन शुरू गरेको छ । कार्डको एकातिर गर्भवती भएकोमा बधाई दिइएको छ भने चार, छ, आठ र नौ महिनामा अनिवार्य गर्भ जाँच गर्न आग्रह गरिएको छ । गाउँपालिका स्वास्थ्य शाखाका संयोजक बलिराज शाहीका अनुसार गर्भवतीलाई अनिवार्य रूपमा स्वास्थ्यचौकीमा आउन निमन्त्रणा कार्ड नै वितरण शुरू गरिएको हो ।

“कार्डमा गर्भवती भएका बेला अपनाउनुपर्ने र सचेत हुनुपर्ने कुराहरू पनि समावेश गरेका छौं”, उनले भने, “कम्तीमा चार पटक गर्भ जाँच गराउन पनि निमन्त्रणा कार्डमार्फत नै सम्झाउन खोजेका छौं ।” गाउँपालिकाभित्र जोखिमका साथ परम्परागत रूपमा घरमै सुत्केरी हुने अवस्था हटाउन यस्तो उपाय निकालिएको बताउँदै संयोजक शाहीले बालमृत्युदर कम गर्न यो कार्यक्रम प्रभावकारी हुनसक्छ भने ।

स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने गर्भवतीलाई रु तीन हजार यातायात खर्च र नियमानुसार स्वास्थ्यचौकी आएर चार पटक चेकजाँच गरेपछि थप रु ८०० पाउने व्यवस्था रहेको बताउँदै उनले नवजात शिशुलाई पनि न्यानो झोला र लुगा दिने व्यवस्था छ । पछिल्ला समय स्वास्थ्यचौकीमा आएर १०१ गर्भवतीले सुरक्षित सुत्केरी गराएको संयोजक शाहीले जानकारी दिए । सुत्केरी तथा गर्भवती महिलालाई निम्तोपत्र दिने अभ्यास गर्ने खार्पुनाथ गाउँपालिका जिल्लाकै पहिलो स्थानीय तह रहेको छ । शुरुका वर्षमा गाउँघरमै सुत्केरी हुने र हाल गाउँपालिकाले सुरक्षित सुत्केरीका लागि निम्तो पठाएपछि स्वास्थ्यचौकी गर्भवती हुनेको सङ्ख्या बढेको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देही-५ को कञ्चनमा सांसद बासुदेव घिमिरेको सम्पर्क कार्यालय बुटवलको कालिका क्याम्पसमा वार्षिकोत्सबको अवसरमा सप्ताहव्यापी कार्यक्रम तिलोत्तमाको विद्युत प्राधिकरण नयाँ मिल वितरण केन्द्रको नयाँ भवनबाट सेवा शुभारम्भ अनलाइन सञ्चार माध्यमको संख्या ३ हजार ७०३, सूचीकरण अद्यावधिक गर्न काउन्सिलको सूचना भैरहवामा अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता सुरु रुपन्देहीमा घर बनाईदिने प्रलोभनमा लाखौँ ठगि गरी फरार प्रतिनिधिसभाका १६५ मध्ये १६४ स्थानको परिणाम सार्वजनिक राजधानी तत्काल दाङ नसार्न एमालेबाट निर्वाचित रुपन्देहीका ४ सांसदको माग सुकुम्बासी व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन कहिले हुन्छ निर्वाचन आचारसंहिता फुकुवा ? बुटवलमा बसको ठक्करबाट १५ महिनाका बालकको मृत्यु विश्वका आधा प्रजातान्त्रिक देश पतनमाः अध्ययन जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ घाँटी रेटेर महिलाको हत्या गरेको आरोपमा प्रहरी जवान पक्राउ कांग्रेस प्रवक्ता महत किन भेट्दैछन् नेताहरूलाई ? कम्युनिस्टविनै बहुमतको सरकार बन्छ ? यस्तो छ सम्भावना बुटवलबाट मुख्यमन्त्रीले मन्त्रालय दाङ सार्न थालेपछि दलहरुको बिरोध कोलम्बियामा सरकार र विद्रोही समूहबीच वार्ताः सहमतिनजिक पुगेको राष्ट्रपतिको भनाई दोलखा प्रदेश सभा (ख)मा एमालेका केसी विजयी शुभकामनासहित धनराजलाई पद्माको सुझाब : ‘आगामी दिनमा तपाईबाट लोकतन्त्र अपहरित नहोस्’