१८ मंसिर २०७९, आईतवार

Dec 4, 2022

टीकापुर । माघीपर्वको अवसरमा कैलालीका पालिकाले आ–आफ्नै तवरले बिदा दिएका छन् । कैलालीका केही पालिकाले दुई त केही पालिकाले तीन दिन बिदाको निर्णय गरेका छन् । कैलालीको भजनी नगरपालिका, जानकी गाउँपालिकाले दुई दिन अर्थात् १ र २ गते सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् भने कैलारी र जोशीपुर गाउँपालिकाले तीन दिन बिदा दिने निर्णय गरेका छन् ।

Advertisement

सरकारले यसअघि नै माघ १ गते सार्वजनिक बिदा दिएको निर्णय सार्वजनिक गरिसकेका बेला यहाँका केही पालिकाले थप एक वा दुई दिन बिदाको निर्णय गरेका हुन् । कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाले २ गतेसम्म बिदा दिएको छ । कैलालीको कैलारी र जोशीपुर गाउँपालिकाले भने तीन दिन दिन बिदा दिएको छ । कैलारी गाउँपालिकाले पुस २९, माघ १ र २ गते गरी तीन दिन बिदा दिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीले जानकारी दिए ।

यता जोशीपुर गाउँपालिकाले भने १, २ र ४ गते बिदा दिएको गाउँपालिकाका अधयक्ष रामकृष्ण चौधरीले जानकारी दिए । कैलालीका केही पालिकामा थारू बाहुल्यता भएको क्षेत्र भएकाले थारू समुदायले माघीमा तीन दिन बिदा दिनुपर्ने माग गरेका थिए । “एक दिन बिदा पर्याप्त भएन भनी माग गरेपछि हामीले थप दुई दिन बिदा दिने निर्णय गरेका हौँ”, जोशीपुर गाउँपालिकाका अध्यक्ष चौधरीले भने, “माघीमा थारू समुदायमा महत्वपूर्ण निर्णय, नयाँ कामको योजना बन्ने भएकाले हामीले बिदा थपेका हौँ ।”

थारू समुदायमा माघीको अवसरमा गाउँमा बडघर भल्मन्सा छनोट गर्ने, गाउँमा अर्को वर्ष गरिने कार्यको वार्षिक योजना बनाउने काम हुन्छ । यसका साथै समुदायका समस्याबारे छलफलसमेत हुने भएकाले यो पर्व महत्वपूर्ण रहेको टीकापुरका छेदुलाल चौधरीले बताए । “यो समयमा घर छुट्टिनेहरुको भागबण्डासमेत हुने चलन छ”, चौधरीले भने, “यो पर्वसँग धार्मिक, पारिवारिक र सामाजिक महत्व जोडिएको छ ।”

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमाको विद्युत प्राधिकरण नयाँ मिल वितरण केन्द्रको नयाँ भवनबाट सेवा शुभारम्भ अनलाइन सञ्चार माध्यमको संख्या ३ हजार ७०३, सूचीकरण अद्यावधिक गर्न काउन्सिलको सूचना भैरहवामा अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता सुरु रुपन्देहीमा घर बनाईदिने प्रलोभनमा लाखौँ ठगि गरी फरार प्रतिनिधिसभाका १६५ मध्ये १६४ स्थानको परिणाम सार्वजनिक राजधानी तत्काल दाङ नसार्न एमालेबाट निर्वाचित रुपन्देहीका ४ सांसदको माग सुकुम्बासी व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन कहिले हुन्छ निर्वाचन आचारसंहिता फुकुवा ? बुटवलमा बसको ठक्करबाट १५ महिनाका बालकको मृत्यु विश्वका आधा प्रजातान्त्रिक देश पतनमाः अध्ययन जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ घाँटी रेटेर महिलाको हत्या गरेको आरोपमा प्रहरी जवान पक्राउ कांग्रेस प्रवक्ता महत किन भेट्दैछन् नेताहरूलाई ? कम्युनिस्टविनै बहुमतको सरकार बन्छ ? यस्तो छ सम्भावना बुटवलबाट मुख्यमन्त्रीले मन्त्रालय दाङ सार्न थालेपछि दलहरुको बिरोध कोलम्बियामा सरकार र विद्रोही समूहबीच वार्ताः सहमतिनजिक पुगेको राष्ट्रपतिको भनाई दोलखा प्रदेश सभा (ख)मा एमालेका केसी विजयी शुभकामनासहित धनराजलाई पद्माको सुझाब : ‘आगामी दिनमा तपाईबाट लोकतन्त्र अपहरित नहोस्’ माया लुहारका हत्या आरोपित सशस्त्र प्रहरी जवान पक्राउ मित्रपार्कमा खानेपानीको पाइपलाइन बिछ्याउन सडकमै खाल्डो, सवारी आवागमन प्रभावित