१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

साङ्केतिक तस्वीर


सिमकोट । खानेपानी उपभोक्ता समितिका अध्यक्षले काममा लगाए तर कामदारलाई ज्याला दिएनन् । आयोजनाका काम सकिएको पाँच महिना बित्दा पनि आफूहरुले ज्याला नपाएको कामदारको गुनासो छ । हुम्लाको सिमकोट गाउँपालिका–८ स्थित स्याडामा खाने पानी आयोजना निर्माणका लागि विनियोजन भएको रकम दुरुपयोग भएको पाइएको हो । स्याडा गाउँका करीब २०० स्थानीयवासीले मजदूरी गरी कमाएको रकम उपभोक्ता समितिका अध्यक्षले आफ्नो व्यक्तिगत काममा खर्च गरेको देखिएको छ ।

विसं २०७७ साउनदेखि होपा खाने पानीको काम शुरुआत गरेको पाँच महिना बितिसक्दा पनि कामदारलाई ज्याला नदिएको स्थानीय कामदारको गुनासो छ । समितिका अध्यक्षले स्याडा गाउँका १०० कामदारलाई ज्याला दिएको र अन्यलाई हालसम्म नदिएको स्याडा गाउँका स्थानीयवासी लक्ष्य बुढाले गुनासो गरे । गत साउनदेखि काम शुरु गरी भदौमा काम सम्पन्न भएको तर मजदूरी गरेको ज्याला नदिएको बुढाले बताए । स्थानीयवासी बुढाका अनुसार कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत खानेपानीका लागि रु ६५ लाख छुट्याएको थियो । उक्त रकममार्फत गाउँमा ११ वटा खाने पानीका नयाँ धारा बनाउने भनियो तर खाने पानी उपभोक्त समितिको लापरवाहीका कारण जम्मा नौवटा धारा मात्रै निर्माण गरिएको छ । गाउँमा नौवटा धारा निर्माण गरिएको नाम मात्रै भयो, धारा बनाइयो, तर पानी हालसम्म पनि झरेन यो समस्या जस्ताको तस्तै छ ।

उनले भने, “खानेपानीको काम गरेमा पैसा पनि पाइने, पानीको पनि सुविधा हुने भन्ने आशै आशमा काम गरियो । न पानी पिउन पाइयो नत ज्याला नै पाइयो ।” बुढाको जस्तै यहाँका स्थानीयवासीको गुनासो पनि उस्तै छ । उनीहरुका अनुसार धारामा पानी नझरेपछि पुरानै समस्या झेल्नुपर्ने बाध्यता छ । उपभोक्ता समितिका अध्यक्ष बुढालाई कामदारले ज्याला नपाएको विषयमा बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

सम्पादक कंडेलको स्मृतीमा दीप प्रज्वलन कांग्रेसमा संसदीय दलको नेता छान्न चुनाव हुने संकेत, गगन र विश्वप्रकाश अघि बढे रोटरीले बुटवलमा भित्र्यायो ग्लोबल ग्रान्टअन्तर्गत १० करोडका प्रोजेक्ट तिलोत्तमामा औधोगिक ब्यापार मेलाको तयारी पूरा, ३ सय स्टल सहभागी हुँदै विकासका कामहरुमा राजनीतिक रँग नदिन छत्रकाेट गाउँपालिकाका अध्यक्ष पाण्डेकाे आग्रह गृहमन्त्री खाणकै गृहजिल्ला रुपन्देहीमा कांग्रेस शुन्य, कार्यकर्ता असन्तुष्ट समानुपातिकतर्फ कसको कति मत ? भ्रष्टाचार आराेपमा दाङका तत्कालिन प्रमुख डिभिजनल इन्जिनियर विरुद्ध मुद्दा दायर स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने