ताजा अपडेट »

विद्यालयमा भूकम्पमापन यन्त्र जडान

शुक्रबार, २० बैशाख २०७६, १५ : २७
4 Shares

वैशाख २०,
गुल्मी । गुल्मीको सिद्धबाबा माबिमा भूकम्पक मापन यन्त्र (सिस्मोमिटर) जडान गरिएको छ । शुक्रवार एक कार्यक्रमका साथ सिद्धबाबा माविमा सिस्मोमिटर जडान गरिएको हो ।यन्त्रको रेसुङ्गा नगरपालिका गुल्मीका नगर प्रमुख डिल्लीराज भुसालले गरेका हुन् । विद्यालयमा जडान गरिएको उक्त यन्त्र शुभारम्भ गर्दै रेसुङा नगरपालिकाका मेयर डिल्लीराज भुसालले सिद्धबाबा आफैंमा नुमना मावि भएपनि अझै नमुना भएको बताए ।


उनले यो उपकरणले सिद्धबाबालाई मात्रै नभएर भुकम्पको अवस्था, अध्ययन र जोखिमका बिषयमा सवैलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे । स्विट्जरल्याण्डको लुजान विश्व विद्यालयमा नेपालमा भूकम्पको जोखिम विषयमा विद्यावारिधी गरिरहेका नेपाली वैज्ञानिक शिव सुवेदीको पहलमा बिद्यालयमा सिस्मोमिटर जडान गरिएको बिद्यालयका प्रचार्य डोरबिक्रम श्रीसले बताए ।

  बिद्यालयलाई उपकरण प्रदान गर्दै सुवेदीले भूकम्पपछि नेपालमा यन्त्र उपकरणसँगै यससंग सम्बन्धी शिक्षालाई आवश्यकता अनुसार अगाडि बढाउन नसकिएको बताए । उनले अझै नेपालमा भूकम्पको जोखिमका विषयमा अध्ययन हुने कुरा शंकाको दृष्टीकोणले हेर्ने गरिएको बताए । स्विट्जरल्याण्डको युनिभर्सिटी अफ लोजानमा यो बिषय अध्धयन गर्ने पहिलो नेपाली समेत रहेका सुवेदीले बिद्यार्थी मार्फत अभिभाव र समुदायलाई सचेत बनाउन बिद्यालयमा यो यन्त्र जडान गरिएको जानकारी गराए । नेपालका २३ बिद्यालयमा यो उपकरण जडान गरिने उनले बताए ।

रेसुङ्गा नगरपालिकाका मेयर, जनप्रतिनिधी, बिद्यालय व्यावीथापन समितिका पदाधिकारी, शिक्षक लगायतलाई उपकरणको प्रयोग र महत्वको बारेमा सुवेदीले जानकारी गराएका थिए ।     स्विट्जरल्याण्डमा रहेको युनिभर्सिटी अफ लोजानको सहयोगमा नेपालका विभिन्न २३ विद्यालयमा यो यन्त्र जडान गर्ने अभियान रहेको छ । यन्त्रले नेपालदेखि विदेशसम्मका एक म्याग्निच्यूूड भन्दा माथिका सबै भूकम्प मापन गरी त्यसको विवरण सुरक्षित राख्ने गर्दछ । 
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।