ताजा अपडेट »

चीनले एलएसीबाट किन फिर्ता बोलायो १० हजार सेना ?

मंगलबार, २८ पुस २०७७, १३ : १८
8 Shares

 चीनले वास्तविक नियन्त्रण रेखा (एलएसी)बाट १० हजार सेना फिर्ता बोलाएको छ । हिंदू समाचार एजेन्सी एएनआईले सरकारी स्रोत उदृत गर्दै चिनियाँ सेनाले पूर्वी लद्दाखको एलएसी क्षेत्रमा तैनाथ १० हजार सेना फिर्ता बोलाएको जनाएकाे छ ।

उक्त क्षेत्रमा अत्याधिक चिसो बढेको कारण सेना फिर्ता बोलाइएको बताइएको छ । चिसाे महिनामा त्यहाँकाे तापक्रममा माइनसमा रहने गर्छ ।  चिनियाँ सेनाले यस क्षेत्रमा आफ्ना सैनिकहरूलाई तालिम दिने गर्दथ्यो । यद्यपी, चिनियाँ सेनाहरू अझै पनि मोर्चामा तैनाथ छन्।

झन्डै डेढ सय किलोमिटरको उक्त इलाका भारतको एलएसीसँग पनि जोडिएको छ। गतवर्षको मे महिनायता भारत र चीनबीच सीमा विवाद भड्किएको छ। समाचारका अनुसार, करिब १५० किलोमिटरको यो प्रशिक्षण क्षेत्र भारतको एलएसीसँग जोडिएको छ । भारतले हाल एलएसीमा ५० हजार सेनाहरु तैनाथ गरेको छ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।