१० मंसिर २०७९, शनिबार

Nov 26, 2022

गण्डकी । प्रकृति र पर्यावरण संरक्षणका लागि गण्डकी प्रदेशमा क्रियाशील हिल हिमालयज संस्थाको शीर्ष गीति भिडिओ ‘हामी मान्छे’ सार्वजनिक भएको छ । संस्थाकै युट्युब च्यानल ‘हिल हिमालयज’ बाट उक्त गीति भिडिओ सार्वजनिक गरिएको हो ।

Advertisement

गीतमा संस्थाका सफाइ अभियन्ता आर्सन क्षेत्रीको शब्द तथा आवाज छ । साइमन तझ्याले संगीत भरेको सो गीति भिडिओको निर्माण लेबल नेक्स्टले गरेको हो । कृष्णराज गुरुङले भिडिओको सम्पादन गरेका छन् । प्रकृति र पर्यावरण संरक्षणका लागि योगदान दिने उद्देश्यका साथ गीति भिडियो तयार गरिएको हिल हिमालयजका अध्यक्ष रोशन गुरुङ बताए ।

प्रकृति सफाइको अभियानलाई जारी राख्न सयौँ अभियन्ताले पु-याएको सहयोग र दाताको हौसला आफूहरूका लागि प्रेरणाको जग भएको बताउँदै उनले गीत सङ्गीतमार्फत पनि वातावरण संरक्षणमा सचेतना पुग्ने विश्वास लिइएको बताए ।

संस्थाले हालसम्म २८ औँ सफाई श्रृंखला सम्पन्न गरिसकेको छ । जसबाट ४१ हजार केजी बढी फोहर सङ्कलन गरी पोखरा महानगरको डम्पिङ साइटमा व्यवस्थापन भएको संस्थाका सदस्य विश्वास गुरुङले जानकारी दिए । गीति भिडियोको एक कार्यक्रमकाबीच सोमबार सार्वजनिक गर्दै गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङले प्रकृतिलाई पुनर्जीवन दिने उद्देश्यले थालिएको युवाहरूको सत्कर्मले नयाँ सन्देश दिएको बताए ।

पोखरा जुओलोजिक पार्कका संयोजक हिमालय बख्रेल, रोनित गुरुङलगायतले प्रकृति संरक्षणको अभियानमा लागेका युवाहरुले समाजलाई नै प्रेरणामूलक सञ्चार प्रवाह गरेको बताए । संस्थाको साप्ताहिक सफाइ अभियानलाई हौसला प्रदान गर्दै कुशुम कृष्ण आयुर्वेदका सञ्चालक कृष्णबहादुर राउतले नगद पाँच हजार सहयोग र केही फेस माक्स सहयोग गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रतिनिधिसभामा कर्णाली प्रदेशमा एमाले शून्य, मुख्यमन्त्री बारे चर्चा शुरू पराजित उम्मेदवारको घरमा ढुंगामुढा र कुटपिट, दोषीमाथि कारवाहीको माग गर्दै सडक अवरुद्ध  रुपन्देही-३ मा गृहमन्त्री खाँणलाई पराजित गर्दै राप्रपाका बोहोरा विजयी माओवादी लुम्बिनी प्रदेश अध्यक्ष बरालले दिए राजीनामा कान्ति माध्यमिक विद्यालयमा स्वागत कार्यक्रम तिलोत्तमामा मंसिर १५ देखि औद्योगिक व्यापार मेला, २५ करोड बढी आर्थिक कारोबरको लक्ष्य रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार गण्डकीमा सांसदः १५ जना ५० वर्ष मुनिका, ८ जनाले ६० नाघे पाका चिन्तामणी बाको जीत द्वन्द्वकालको पीडामा न्याय भानुभक्त ढकाललाई हराए सुनिल शर्माले, रेखा थापा तेस्रो पाँच वर्ष अघि ३६ सिट जितेको माओवादी १८ सिटमा सीमित, सुदूरपश्चिममा निल कांग्रेस नेता अजुर्ननरसिंह केसी नुवाकोटबाट निर्वाचित आवासीय भवनमा आगलागी, १० जनाको मृत्यु रुपन्देही-३ मा ८४ हजार ७४ मत गणना, दिपक बोहोराको अग्रता कायमै तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही-२ बाट निर्वाचित रुपन्देही-२ मा विष्णु पौडेलको अग्रता कायमै, ३ हजार ९१६ मत गन्न बाँकी जन्ती बोकेको जिप दुर्घटना आवश्यक परे गठबन्धन गर्ने रवि लामिछानेको भनाइ रुपन्देही-२ मा विहानदेखि अवरुद्ध मतगणना सुरू