ताजा अपडेट »

अमेरिकी राष्ट्रपति ट्रम्पविरूद्ध महाअभियोग प्रस्ताव दर्ता

मंगलबार, २८ पुस २०७७, ०७ : २२
6 Shares

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ। तल्लो सदन हाउस अफ रिप्रिन्टेटिभमा डेमोक्र्याट सांसदहरूले ट्रम्पविरूद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका हुन्।

गत साता ट्रम्पको उक्साहटमा उनका समर्थकले संसद भवनमा  हिंसा फैलाएपछि ट्रम्पविरूद्ध महाअभियोग प्रस्ताव ल्याइएको हो। राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएको प्रमाणित गर्न संसद बैठक बसेका बेला भएको उक्त हिंसामा एक  प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो।

राष्ट्रपति ट्रम्पबाट राष्ट्रलाई अझै खतरा रहेको भन्दै उनलाई महाअभियोग लगाउन लागिएको हो। ट्रम्पको कार्यकाल सकिन अब ९ दिनमात्र बाँकी छ।हाउस अफ रिप्रिन्जेन्टेटिभमा बहुमतका नेता स्टेनी होयरले दुई दिनमा ट्रम्पले राजीनामा दिएनन् वा उनलाई उपराष्ट्रपति माइक पेन्सले हटाएनन् भने बुधबार महाअभियोग प्रस्तावमा मतदान हुने बताए।

तल्लो सदनबाट महाअभियोग पारित भए अमेरिकाको इतिहासमै दुई पटक महाअभियोग लाग्ने ट्रम्प पहिलो राष्ट्रपति हुने छन्।

तल्लो सदनमा डेमोक्र्याटहरूको बहुमत भएकाले महाअभियोग सजिलै पारित हुनेछ। माथिल्लो सदन सिनेटमा पनि उपराष्ट्रपति कमला ह्यारिसले भोट हालेर डेमोक्र्याटको प्रस्ताव पारित गर्न सक्छिन्।

सिनेटको महाअभियोग प्रक्रिया पूरा हुने बेलासम्म ट्रम्पको कार्यकाल सकिइसकेको हुन सक्छ। सिनेटबाट पनि महाअभियोग पारित भयो भने ट्रम्पले सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा भने उम्मेदवारी दिन पाउने छैनन्।

यसअघि गत वर्ष पुसमा ट्रम्पविरूद्ध पहिलो पटक महाअभियोग प्रस्ताव ल्याइएको थियो। तल्लो सदनबाट पारित भए पनि सिनेटमा रिपब्लिकनहरूको बहुमत भएकाले उनले सफाइ पाएका थिए। - एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।