१० मंसिर २०७९, शनिबार

Nov 26, 2022

बुटवल । पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र हो बुटवल । बुटवल साविक लुम्बिनी अञ्चल सदरमुकाम हुँदै मुलुक संघीयतामा गएपछि लुम्बिनी प्रदेशको अस्थायी राजधानी पनि भयो । विकास र केन्द्रीय राजधानीमा महत्पूर्ण हिस्सा राख्ने बुटवलले झलिरहेको खानेपानी अभावको समस्यालाई भने अब दीर्घकालीन रुपमा समाधान गर्ने प्रयास सुरु भएको छ।

Advertisement

बुटवल उपमहानगरपालिकाले यहाँको खानेपानी संस्थान संगको सहकार्यमा खानेपानीको गुरुयोजना नै बनाइरहेको छ । पूर्वाधार विकास र अन्तबाट बसाइँसराइँ गरे आउने प्रमुख थलोका रुपमा रहेको बुटवललाई अबको पाँच दशकसम्मको जनसंख्यालाई सोंचेर खानेपानीको गुरुयोजना बनाउन लागिएको बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । गुरुयोजनालाई बुटवल खानेपानी आयोजनामार्फत कार्यान्वयन गर्नेगरि तीनै तहका सरकारको बीचमा सहकार्य भइरहेको प्रमुख सुवेदीको भनाइ छ । उनले संघीय सरकारका अर्थमन्त्री तथा नेकपाका महासचिव विष्णुप्रसाद पौडेलको संकल्प अनुरुप नै तीनै तहले बुटवलको खानेपानीलाई पहिलो प्राथमिकतामा राखेको बताए ।

हरियालीमा झण्डै ५५ प्रतिशत रहेको बुटवलमा पानीको स्रोत भने लगभग शून्यको अवस्थामा छ । यसलाई सुधार गर्न बुटवल उपमहानगरले मुलुकमै पहिलो पटक एक वन बहुपोखरी कार्यक्रम ल्यायो । चुरेमा रहेका वनहरुमा बुटवलले पोखरी निर्माण गर्यो । जसलाई पछि लुम्बिनी प्रदेश सरकारले पनि कार्यक्रममा समावेश गरेर प्रदेशभरी विस्तार गरेको छ । वनमा पोखरी निर्माण भएपछि त्यसले पानीको रिचार्ज गर्ने र प्राकृत्तिक मुललाई सुख्न नदिने हुँदा यो वातावरणीय हिसाबले ज्यादै नै उपयोगी हुने विज्ञहरुको भनाइ छ । बुटवललगायका क्षेत्रको वातावरण, पानीका प्राकृत्तिक स्रोतको गहिरो अध्ययन गर्दै आएका इन्जिनियर डाक्टर खेटराज दाहालले बुटवलबाट सुरु भएको एक वन बहुपोखरी कार्यक्रम वातावरणीय हिसाबले नमुना रहेको बताए । बुटवलमा रहेका झण्डै २१ वटा सामुदायिक वनमा पोखरी निर्माण गरिने छ ।

बुटवलसहित तराईका अधिकांश क्षेत्रको जमिन मुनीको पानी भासिने, मासिने, नासिने क्रम पहिलेदेखि नै चल्दै आयो त्यसैले पहिलो प्राथमिकता भनेकै पानीका प्राकृत्तिक स्रोतको संरक्षण गर्नुलाई लिएर सोही अनुरुपका काम अगाडि बढाइएको उपमहानगरको भनाइ छ । अहिले बुटवलका लागि पानीका स्रोत भनेको पाल्पाका सिस्नेखोला र झुम्साखोला हुन् । प्राकृत्तिक हिसाबले माथिल्लो तटको प्राकृत्तिक सम्पदामा तल्लो तटसम्मैका उपभोक्ताको हक हुन्छ । त्यहीँको खानेपानीलाई व्यवस्थित पाइपलाइनमार्फत बुटवलमा ल्याउने र बुटवलमा ट्रिटमेन्ट (शुद्धिकरण) गरेर वितरण गरिने छ ।

बुटवलका १९ वटै वडालाई एउटै सञ्जालमा जोड्ने र समुदायस्तरबाट सञ्चालित आयोजनालाई अझ संरक्षण गर्दै व्यवस्थित बनाउने बुटवल उपमहानगरको योजना छ । तयार भइरहेको गुरुयोजनामा १९ वडाका सबै बस्ती र आउँदो ५० वर्षपछिको जनशंख्याको चापको अनुमान गर्दै विज्ञहरुले काम गरिरहेको उपमहानगरका प्रमुख सुवेदीले बताए ।

वर्षौंदेखिको अधुरो सपना साकार पार्ने संकल्प
२०५२ मा बुटवलमा खानेपानी ल्याउने झुम्सा खोलाको मुहाननिरै ‘इन्टेक’ निर्माणदेखि पाइप बिच्छाउने काम सुरु भएको थियो । तर, उक्त खोलाको पानी बुटवल ल्याउन योजना सेलाउँदै गयो । न त पानी आयो न उक्त प्रोजेक्ट बन्यो । यहीँ घटनाबाट पाठ सिकेरै बुटवलका लागि खानेपानीको गुरुयोजना नै बनाउन जुटिएको प्रमुख सुवेदीले बताए । बुटवलमा ल्याउने खानेपानीका लागि हालै संघीय सरकारका अर्थमन्त्री तथा नेकपा महासचिव पौडेलले महत्वपूर्ण आयोजनाको शिलान्यास समेत गरिसकेका छन् ।

झुम्सा खोलामा व्यवस्थित ड्याम/इन्टेक
झुम्सा खोलामा यसअघि निर्माण भएको बाँध भत्किएपछि अहिले अर्को व्यवस्थित ड्याम र इन्ट्याक्ट निर्माण सुरु भएको छ । यो बुटवलको खानेपानी गुरुयोजनाकै एउटा नयाँ कामको सुरुवाती हो । नेपाल खानेपानी संस्था बुटवलका प्रमुख मोहनदत्त भट्टका अनुसार बुटवलको खानेपानीको अभावलाई दीर्घकालीन रुपमा समाधान गर्नेगरि योजना बनिरहेको छ ।

उनले झुम्सा खोलाबाट दुई वर्षभित्र मेनलाइनको पाइप बिच्छाउने र मुहान डयाम निर्माण सम्पन्न गरेर ट्याङ्की निर्माण गरिने बताए । त्यसपछि सर्भिस लाइनका पाइप बिछ्याउने र विस्तारै बुटवलका सबै वडामा पुराइने छ । त्यहाँदेखि झुम्सा हुँदै बुटवलको रामफेदीसम्म यसअघि बिछ्याइएका पाइपलाई पनि मर्मत गरिने भएको छ ।

यसअघि बिछ्याइएका १० इन्च पाइपसँगै अब २० इन्चका पाइप थपिने छ भने झुम्सादेखि बाँध स्थलसम्म यसअघिका २० इन्चका पाइपसँगै अब थप २० इन्चका पाइप बिछ्याइने छ । बाँधसँगै मुख्य ‘ट्रान्समिसन पाइप’ लाइनको पनि निर्माण सम्झौता भएर काम गरिने खानेपानी संस्थानका प्रमुख भट्ट बताउँछन् । यो कामलाई पनि ०७९ वैशाखभित्रै सक्ने लक्ष्य लिइएको छ ।

खानेपानीको माग दिनहुँ बढ्दै
अहिले बुटवलमा तीन करोड ४० लाख लिटर खानेपानीको माग रहेको छ । तर, आपूर्ति भने दुईदेखि ढाइ करोड लिटरसम्म हुने गरेको छ । बुटवलमा अहिले तिनाउ सम्पेवलबाट दैनिक १ करोड लिटर चिडियाखोला डिपट्युबबेलबाट १ करोड ८० लाख लिटर, २० ठाउँबाट भूमिगत १ करोड ८० लाख लिटर गरी दैनिक २ करोड ८० लाख लिटर पानी वितरण हुँदै आएको छ । हाल पनि दैनिक करिब ६० लाख लिटर पानी अपूग छ । तिनाउबाट दैनिक ७० लाख लिटर र ११ वटा ट्युबबेल (बोरिङ्ग) बाट ८० लाख लिटर गरी खानेपानी आपूर्ति गरिएको संस्थानले जनाएको छ । बुटवलको जनसंख्या दुई लाखभन्दा बढी छ । बसाइसराइ र आर्थिक केन्द्र बुटवलमा दिनप्रतिदिन मानिसहरु थपिन क्रम जारी छ ।

बुटवलमा जनसंख्या वृद्धिसँगै वर्षेनी ६ सयदेखि ७ सयसम्म नयाँ धारा वितरण हुने गरेका छन् । बुटवलमा अहिले खानेपानी २० वटा ट्युबेलहरु सञ्चालनमा ल्याइएका छन् । ट्युबेलबाट करिब एक करोड ८० लाख लिटर पानी उत्पादन हुने हुँदै आएको छ । हाल बुटवलमा नगरमा दैनिक पानीको माग तीन करोड ४० लाम लिटर छ । झुम्साखोला पानी आएपछि बुटवलमा आगामी २० वर्षसम्म पानीको माग पूरा गर्नेछ ।

यसका साथै अरु स्रोतको खोजी र संरक्षण गरेर आगामी ५० वर्षपछिसम्मको जनसंख्यालाई मध्यनजर गर्दै खानेपानीको गुरुयोजना बनाउने काम भइरहेको बुटवलका शहरी विकास महाशाखा प्रमुख तथा वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

Flash News

कान्ति माध्यमिक विद्यालयमा स्वागत कार्यक्रम तिलोत्तमामा मंसिर १५ देखि औद्योगिक व्यापार मेला, २५ करोड बढी आर्थिक कारोबरको लक्ष्य रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार गण्डकीमा सांसदः १५ जना ५० वर्ष मुनिका, ८ जनाले ६० नाघे पाका चिन्तामणी बाको जीत द्वन्द्वकालको पीडामा न्याय भानुभक्त ढकाललाई हराए सुनिल शर्माले, रेखा थापा तेस्रो पाँच वर्ष अघि ३६ सिट जितेको माओवादी १८ सिटमा सीमित, सुदूरपश्चिममा निल कांग्रेस नेता अजुर्ननरसिंह केसी नुवाकोटबाट निर्वाचित आवासीय भवनमा आगलागी, १० जनाको मृत्यु रुपन्देही-३ मा ८४ हजार ७४ मत गणना, दिपक बोहोराको अग्रता कायमै तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही-२ बाट निर्वाचित रुपन्देही-२ मा विष्णु पौडेलको अग्रता कायमै, ३ हजार ९१६ मत गन्न बाँकी जन्ती बोकेको जिप दुर्घटना आवश्यक परे गठबन्धन गर्ने रवि लामिछानेको भनाइ रुपन्देही-२ मा विहानदेखि अवरुद्ध मतगणना सुरू आगामि सरकारका आर्थिक चुनौती जेलमै बसेर रेशमले जिताइदिए बुवा र श्रीमतीलाई देउवा क्याविनेटका १२ मन्त्री : कसले जिते, कसले हारे ? समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, कुन दलको मत कति ?