ताजा अपडेट »

मणि उजेशद्वारा १५० चेपाङ्ग बालबालिकालाई जाडोको कपडा

सोमबार, २७ पुस २०७७, १७ : २७
12 Shares

बुटवल । लायन्स क्लव अफ बुटवल मणि उजेशले मकवानपुरमा रहेको चेपाङ्ग बस्तीका विपन्न परिवारलाई खद्यान्न तथा जाडोको न्यानो कपडा सहयोग गरेको छ । मणि उजेशले मकवानपुर देवीटार रक्षिराङ चेपाङ्गबस्तीमा रहेका १ सय ५० बढी बालबालिकाहरुलाई ६४ हजार मुल्य बरावरको खाद्यान्न र जाडोको कपडा सहयोग गरेको हो ।

मणि उजेशले चेपाङ्गबस्तीमै पुगेर २० हजार बरावरको खाद्यान्न र ४४ हजार बरावरको जाडोको न्यानो कपडा सहयोग गरेको क्लवका अध्यक्ष सोनाली गुरुङ्गले जानकारी दिए । स्थानीय फीड द नीड नेपाल गैरसरकारी संस्थासँगको सहकार्यमा उक्त सामाग्री सहयोग गरिएको गुरुङ्गले जानकारी दिए ।

सहयोग कार्यक्रममा नेपाल प्रहरीका पुर्व आईजीपी धुर्व प्रधानले गाँउ बस्तीमा रहेको विपन्न तथा असहायलाई मणि उजेश जस्ता विभिन्न सामाजिक संघसंस्थाले गरेको सहयोग गरेर उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरे । उक्त खाद्यान्न र जाडोको कपडा सहयोगका लागि अष्ट्रेलियाबाट प्रविन कसजु र दुवईबाट सुरज गुरुङ्गले आर्थिक सहयोग गर्नु भएको क्लव डायरेक्टर इन्जिनियर सुशिला चौधरीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।