ताजा अपडेट »

‘महाभूकम्पले निम्ताएको विनाशपछिको सोँच हो,एशिएन कंक्रिटो’

विहीबार, १९ बैशाख २०७६, २१ : ०७
10 Shares

लामो राजनीतिक अस्थिरताको अन्त्य र स्थायी सरकारको स्थापना भएपछि मुलुकमा विकासले गति लिएको छ । यही क्रममा विकास निर्माणका कामहरु तिव्ररुपमा हुँदैछन् । यसै कुरालाई मनन गरी नेपालमै पहिलो पटक उच्चस्तरीय जर्मनी प्रविधिको प्रयोगगरि स्थानीय उद्योगीहरुको अगुवाईमा कंक्रिटका निर्माणजन्य सामाग्री उत्पादन गर्ने एशियन कन्क्रिटो प्रा. लि. संञ्चालनमा आएकोछ । प्रदेश ५, हकुई, रामग्राम नवलपरासीमा स्थापित यस उद्योगले सत प्रतिसत स्वदेशमै उपलब्ध हुने कच्चा पदार्थबाट निर्माणका सामग्री उत्पादन गर्दै आएको छ । करवि २०० करोड लगातमा स्थापना भएको भनिएको यसै उद्योगको विषयमा रहेर ग्लोबल आवाजका लागि प्रा.लि.का अध्यक्ष मनिष रुंगटासँग एन.बी.कंडेलले गरेको कुराकानी :


एशिएन कंक्रिटो कस्तो उद्योग हो र यसले कस्ता बस्तु उत्पादन गर्दछ ?

–यो जर्मनी प्रविधिबाट नेपालमा स्थापित कंक्रिट जन्य सामाग्री उत्पादन गर्ने यसप्रकारको एक मात्र उद्योग हो । यो ग्रीनफिल्ड प्रोजेक्ट हो जसले इन्टरलकिङ , कंक्रिट टायल्स, कर्वस्टोन, कंक्रिट इट्टा, हलो बल्कस जस्ता घर, कार्यालय, संस्था, पार्क, सडक लगाएतमा प्रयोग हुने उच्च गुणस्तरका निर्माणका सामग्री उत्पादन गर्दछ । यो पुर्णतया अटोमेटिक पलान्ट हो र यसमा अत्यन्त न्यून कामदारहरुको प्रयोग हुन्छ ।


उद्योगले कस्ता कच्चा पदार्थ प्रयोग गरेर कुन स्तर र लागतका सामग्री उत्पादन गर्दछ ?
–उद्योगले स्वदेशकै स्थानीय स्तरमा उपलब्ध हुने बालुवा, गिट्टी, सिमेण्ट प्रयोग गरेर उच्च गुणस्तरीय, वातावरणमैत्री र माटोकै इट्टा वा सामग्री बराबरको मूल्यमा ग्राहकलाई उपलब्ध गराउँछ ।

यस्तो उद्योग स्थापना गर्न कसरी सोँच आयो र कति लागत लाग्यो ?
–वि.सं.२०७२ सालमा नेपालमा भूूकम्प जाँदा परिवार सहित म पनि काठमाण्डौं मै थिए । त्यतिबेला भएको भौतिक संरचनाको क्षति देख्दा मलाई नेपालमा बलियो भौतिक संरचना निर्माण गर्ने आधार र स्रोत हुुनुु पर्दछ भन्ने सोँच आयो । पछि साथीहरुसँग छलफल गरेर विश्वकै अग्रणी जर्मनीको मासा कम्पनीको प्रविधि भित्राउने निर्णय भयो र हामी जर्मनी गयौं । तर, जर्मनीमा नेपालका लागि यस उद्योगको माग गर्दा सजिलै प्राप्त भएन, उहाहरुले नेपालमा यो प्रविधि लगेर उत्पादन गर्छौ भन्दा सजिलै विश्वासनै गर्न सक्नुभएन । पछि हाम्रो निरन्तरको अनुरोध र प्रयासले अन्ततः यो प्रबिधि यहाँ ल्याउन सफल भयौं । करवि २०० करोडको लागतमा यो उद्योग स्थापना भएको हो ।

सुरुवातका केही महिना भएको छ । यस अवधीमा कस्तो प्रतिक्रिया र प्रतिफल प्राप्त गर्नुभएको छ ?
–जसले प्रयोग गर्नुु भएको छ । उहाँहरुबाट राम्रो प्रतिक्रिया आएको छ । प्रयोगकर्ता र केही बुझेकाहरुबाट आएकोे प्रतिक्रियाले हामी उत्साहीतनै छौ । तर, उद्योगले आफ्नो क्षमता अनुसार उत्पादन गर्न पाएको छैन । हाल दैनिक उत्पादन क्षमताको २० प्रतिशत मात्र उत्पादन भइरहेको छ । यस उद्योगको दैनिक उत्पादन क्षमता दैनिक ५ सय टन हो तर, हाल जम्मा १०० टन उत्पादन गरिरहेका छौ ।

राम्रो प्रतिक्रिया प्राप्त हुुँदाहुुँदै पनि किन उत्पादन क्षमता अनुसार उत्पादन नगर्नु भएकोे ?
– गुणस्तरीय, बलियो र शुलभ दरमा हाम्रा उत्पादन प्राप्त हुने भएतापनि उद्योगको उत्पादन क्षमता अनुसार बजारमा खपत छैन । सुरुमा केही नयाँ र राम्रो उत्पादन बजारमा ल्याउँदा जटिलता हुुन्छ । तर, हाम्रो उद्देश्य नेपालमा मात्र नभई छिमेकी राष्ट्र भारतमा निर्यात गर्ने हो । तर, अहिले दुई देशको नीति अनुसार हाम्रो उद्योगको उत्पादन भारत निर्यात गर्दा महङ्गो कर लाग्ने हुँदा हामीले निर्यात गर्न सकेका छैनौं । यसतर्फ नेपाल सरकारले पहल गरेर सहज वातावरण बनाए नेपाली उत्पादन भारत निर्यात हुुनेछ । अहिलेको नियम अनुसार हाम्रा उत्पादनलाई भारत सरकारले ग्रेनाइट र मार्वलको श्रेणीमा कर निर्धारण गरेको छ,जबकी हाम्रो उत्पादन विशुद्ध कंक्रिट उत्पादन हो।

यस उद्योगका उत्पादनहरुलाई कसरी ग्राहकसामु पु¥याउनु भएको छ ?
– उत्पादनलाई सहज उपलब्धता र उपभोक्ता सामु पु¥याउन बुटवल, भैरहवा, काठमाण्डौं, पोखरा, नारायणगढ, नेपालगञ्ज लगाएतका मुख्य शहरहरुमा शोरुम तथा डिलर स्थापना गरेका छौं । उत्पादनबारे जानकारी गाराउन विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गदै आएका छौ ।

यस उद्योगबाट स्थानीय र राष्ट्रिय तवरमा नेपाललाई कस्ता फाइदाहरु भएका छन् ?
–पहिलो कुरा स्वदेशमै उद्योग स्थापना हुनु देशका लागि फाइदा हो । मुलुकको अर्थतन्त्र उद्योगमा नै भर पर्दछ । अर्को कुरा यसले रोजगार सिर्जना गर्दछ । यस उद्योगबाट प्रतक्ष्य/अप्रतक्ष्य रुपमा १ सय ५० जनालाई रोजगार मिलेको छ । स्थानीय कच्चा पदार्थको प्रयोग भएको छ । मुख्य कुरा त नेपालमा आयात बढी रहेको समयमा यहाँ उत्पादन भएका उत्पादन निर्यात गर्न सक्नु महत्वपूर्ण हो ।

सामान्यतया विगतदेखि प्रयोगमा आइरहेको माटोको इट्टा र कन्क्रिटो उद्योगबाट उत्पादित इट्टाहरुमा कस्ता भिन्नता छन् ?
–धेरै भिन्नता छन् । माटोको इट्टा उत्पादन गर्दा खेतीयोग्य जमिन नाश हुने, माटोको उर्वरा घट्ने, उद्योगबाट प्रदूषण हुुने, उत्पादनका लागि जनशक्तिको अभाव पर्ने जस्ता समस्या छन् । त्यसैगरी टिकाउमा पनि कन्क्रिटो भन्दा कम हुन्छ । धेरैलाई कन्क्रिटो महङ्गो जस्तो लाग्छ । तर, कन्क्रिटोबाट उत्पादित इट्टाहरु एकनाश हुन्छन् । तुलनात्मक रुपमा माटोको इट्टाकै दरमा उपलब्ध हुुन्छ । टिकाउ बढी हुन्छ । त्यसैगरी यस्ता उत्पादन प्रयोग गर्दा प्लास्टर गर्नुपर्ने बाध्यता हुुँदैन । यसले निर्माण लागत समेत झन सस्तो पर्दछ ।


यसका के–कस्ता चुनौतीहरु रहेका छन् ?
–मुख्य चुनौती हाम्रो गुणस्तरीय उत्पादनको विषयमा चेतना जगाउन र उद्योगको क्षमता अनुुसार उत्पादन गरी उद्योगलाई निरन्तरता दिन, निर्यात गर्न र आम्दानी गरी स्थापित हुनु छ । उद्योगको उद्देश्य र क्षमता अनुसार उत्पादन गर्न हामीलाई निर्यातले रोकेको छ ।

चुनौतीलाई समाधान गर्न के–कस्ता योजना रहेका छन् र सरकार तथा सरोकारवालाहरु बाट कस्तो सहयोग चाहानुहुन्छ ?
-बजार विस्तारमै हामी तल्लिन छौं । सेकसम्म नेपालमा हुने हरेक निर्माणमा हाम्रा उत्पादन प्रयोग होस् भन्ने हाम्रो प्रयास हो । यसका लागि सरकारको सहभागिता र सहकार्यसँगै भारत निर्यातका लागि सरकारले पहल गरि सहज वातावरण बनाओस् भन्ने चाहान्छौं । अन्य सरोकारवालाहरुलाई जुनसुकै उद्योग वा उत्पादन भएतापनि आवश्यकता अनुसार गरौं । ताकि एउटै किसिमका धेरै उत्पादन भन्दापनि देशलाई आवश्यक उद्योग र उत्पादनलाई प्राथमिकता दिउँ,जसले गर्दा अस्वस्थ प्रतिष्पर्धा र सबै उद्योग धरापमा पर्ने अवस्था नआओस् ।

हामी मार्फत हाल घर तथा भवन निर्माण गरिरहनु भएका आम उपभोक्ताहरुलाई के भन्न चाहनुहुन्छ ?
–तपाइहरु यदि गुणस्तरयि, इन्टरलकिङ, कंक्रिट टायल्स, कर्वस्टोन, कंक्रिट इट्टा, हलो बल्कस जस्ता घर, कार्यालय, संस्था, पार्क, सडक लगाएतमा प्रयोग हुने सामाग्रीहरु खोजीमा हुनुहुन्छ भने एक पटक हाम्रा उत्पादनहरु हेरी-बुझि निर्णय लिनुहुन अनुरोध गर्दछु ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।