६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

तिनाउ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूह तिनाउ, पाल्पाद्वारा आयोजित विस्तारित बैठक शनिवार सम्पन्न भएको छ । बैठकमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेशका सदस्य माननीय दधिराम न्यौपानेले प्रतिनिधि सभा भंग भएको विषय अदालतमा विचारधीन रहेको र निर्वाचन आयोगले कसलाई सूर्य चिन्ह दिने भन्ने विषयभन्दा पनि किन र के कारणले पार्टीमा यस्तो अवस्था सिर्जना भयो भन्ने महत्वपूर्ण कुरा रहेको बताउँदै केपी वलीको नेतृत्वमा रहेको नेकपा नै मूलधार भएको बताए । उनले कार्यकर्ताहरुलाई बैसाखमा हुने निर्वाचनका निम्ति तयार रहन निर्देशन दिए । साथै उनले पदका निम्ति भएको लडाइँले पार्टीमा विग्रह आएको बताउँदै सिद्धान्त,नीति र कार्यक्रमका सन्दर्भमा पार्टीलाई अघि लैजानु पर्ने बताउँदै जनताका आशालाई पार्टी विभाजनले पूरा गर्न नसक्ने बताए ।

Advertisement

कार्यक्रममा नेकपा पाल्पाका अध्यक्ष एवम् प्रदेशसभा सदस्य नारायण आचार्यले विकाससँग पार्टीलाई जोडेर लैजान सकेमा मात्र पार्टी जीवित रहन सक्ने र त्यसका निीम्त पार्टी कार्यकर्ताहरु अग्रसर हुनु पर्ने बताए । सोही बैठकमा केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य नारायणी शर्माले लामो समयदेखि नेपाली महिलाहरु मुक्तिको बाटो खोजिरहेको अवस्थामा नेकपाले नै महिला मुक्तिको नेतृत्व गरेको बताउँदै आगामी निर्वाचनमा महिलाहरुलाई संविधानले व्यवस्था गरे अनुसारको अवसर दिनु पर्नेमा जोड दिइन् ।

सो बैठकमा नेकपा जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष एवम् बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुबेदीले तिनाउ र बुटवलको सम्बन्ध प्राकृतिक साधन एवम् स्रोतले मात्र होइन राजनीतिक रुपमा समेत रहेको बताए । बुटवल मेगासीटीको अभियानमा रहेको र त्यसका लागि तिनाउ समेत जोडिन सक्ने बताए । उनले तिनाउका कार्यकर्ताहरु पार्टीप्रति वफादार रहेको बताउँदै आगामी निर्वाचनमा नेकपा भारी मतका साथ विजयी हुन सक्ने बताए ।

सोही बैठकमा पार्टीका केन्द्रीय सदस्य झपेन्द्रबहादुर जीसीले पार्टीलाई चुस्तदुरुस्त राख्नका निीम्त संगठनलाई मज्बूत गराउनु पर्ने र कार्यकर्ताहरु निरन्तर गतिशील हुनु पर्ने बताए । बैठकले विभिन्न जनवर्गीय संगठनहरुको गठन गर्दै वडा कमिटीहरुलाई गतिशील बनाउने निर्णय समेत गरेको छ । प्रेम श्रेष्ठको अध्यक्षता, दलबहादुर गुरुङको सञ्चालन र ओमबहादुर घर्तिमगरको स्वागतमा बैठक सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

काठमाण्डौंमा बालेन करिब १२ हजार मतले अघि, यस्तो छ पछिल्लो मत परिणाम ५७९ स्थानीय तहको मतगणना सम्पन्न, २९,३०३ उम्मेदवार निर्वाचित बर्दघाटको मेयर र उपमेयरमा गठबन्धनका काग्रेंस-माओवादी विजयी तिलोत्तमामा एमालेका चापागाईं १३५ मतले अघि, पुन: मत गणना भएका वडामा काँग्रेसलाई अग्रता मदन भण्डारी यु–१४ क्रिकेट: बुटवल र सैनामैना फाइनलमा नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा विजयी २२ वर्षदेखि फरार अभियुक्त चुनावका बेला गाउँ जाँदा पक्राऊ चुनाव स्थानीय तहको, जित टोपबहादुर रायमाझीको बुटवलमा कांग्रेसका पाण्डेय र एमालेका भट्टराईबीच ६ हजार बढी मतको भिन्नता सियारीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भरतपुरमा कसले कति पाए मत ? यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै