ताजा अपडेट »

गुल्मीको बाख्रा फार्ममा आगलागी : सञ्चालक युवा घाइते,३१ लाख बढीको क्षति

शनिबार, २५ पुस २०७७, १४ : ५२
4 Shares

गुल्मी । गुल्मीमा बाख्रा फर्ममा आगलागी हुँदा पशु चौपायाँ जलेर नष्ट भएका छन् । आगलागीमा परेर फर्म सञ्चालक घाइते भएका छन् । जिल्लाको गुल्मी चन्द्रकोट गाँउपालिका वडानम्बर-३ हर्राचौरमा बिरेन्द्र शाहले संचालन गरेको थ्री बाख्रा फार्ममा आगलागी हुँदा २५ वटा बाख्रा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जाली, जस्ता र काठले बनेको बाख्राको खोरमा राती अचानक आगलागी हुँदा २५ वटा वाख्रामध्ये १७ वटा माउ बाख्रा र ८ ओटा साना–ठूला बोका आगलागीमा परेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परेर बाख्रा फार्मका संचालक २४ वर्षका बिरेन्द्र शाह घाइते भएका छन् । उनको गाला र हात जली मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायव निरिक्षक मनबहादुर आलेको कमाण्डमा टोली खटाइएको प्रहरीले जनाएको छ । आगलागीबाट बाख्रा फर्म र बाख्राको अन्दाजी मुल्य ३१ लाख ७५ हजार बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।