२१ असार २०७९, मंगलवार

Jul 5, 2022

फाइल तस्विर

वैशाख १७,

Advertisement

तनहुँ । आयातित अण्डाको मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा तनहुँका कुखुरापालक कृषक चिन्तित भएका छन् । भारत र चितवनलगायतका विभिन्न स्थानबाट सस्तो मूल्यका अण्डा बजारमा भित्रिएपछि यहाँ उत्पादन हुने अण्डाको बिक्री हुन छाडेपछि उनीहरु चिन्तित भएका हुन् ।

जिल्लामा दैनिक रुपमा ८४ हजार अण्डा उत्पादन हुँदै आएको छ । आयातित अण्डासँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा उत्पादनको झन्डै २० प्रतिशत मात्र बिक्री हुने गरेको तनहुँ अण्डा उत्पादक सङ्घका अध्यक्ष रविन भुजेलले बताउनुभयो । “अण्डा बिक्री हुन छाडेपछि व्यावसायिक रुपमा कुखुरापालन गर्ने दुई-तीनजना व्यवसायीले पेशा नै छाडेर पलायन भइसकेका छन्”, अध्यक्ष भुजेलले भन्नुभयो, “वैशाख महीनाभरि यस्तै तरिकाले अण्डा बिक्री हुँदै जाने हो भने तनहुँका कृषकले करौँडोको घाटा ब्योर्हनुका साथै अधिकांश कृषक यसबाट पलायन हुने अवस्थामा देखिएको छ ।” जिल्लाको जनसङ्ख्याको तुलनामा चार गुणा बढी अण्डा यहाँ उत्पादन हुने गर्छ । “तनहुँलगायत छिमेकी जिल्ला गोरखा र लमजुङमा बिक्रीका लागि अण्डा लिएर जाँदासमेत बिक्री हुन छाडेको छ”, अध्यक्ष भुजेलले भन्नुभयो, “दश लाखको लगानीमा शुरु गरेको कुखुरा पाल्न व्यवसायमा अहिले रु नौ करोड लगानी भइसकेको छ तर अण्डा बिक्री नहुँदा बैकको ऋण तिर्न पनि धौ धौ भएको छ ।”

उहाँले २४ हजार कुखुरा राखेर पाल्दै आउनुभएको छ । कुखुरापालनबाट दैनिक २३ हजार अण्डा उत्पादन भइरहेको छ । उक्त फार्ममा १४ जना जनशक्ति रहेको बताइएको छ । त्यसैगरी व्यास १ गल्बुबेँसी निवासी खेमराज अधिकारीले करीब रु डेढ लाखको लगानीमा १० रोपनी क्षेत्रफलमा खोर निर्माण गरी पाँच हजार लेर्यस जातका कुखुरा पालेर व्यवसाय शुरु गरेपनि यसबाट फाइदा लिन नसकिएको बताउनुभयो । अघिल्ला वर्षमा आम्दानी खर्च बराबर जस्तो भए पनि यस वर्ष झनै नसोचेअनुरुप नोक्सान ब्योर्हनु परेको छ उहाँले भन्नुभयो । तनहुँमा ४४ वटा कुखुरा फार्म रहेकोमा ३३ वटा तनहुँ अण्डा उत्पादक कृषक सङ्घमा आबद्ध छन् । मुलुकका विभिन्न जिल्लाबाट अण्डा रातको समयमा आयत हुने गरेपछि अण्डा उत्पादक कृषक सङ्घले त्यसको नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय तनहुँलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले भेटेरिनरी अस्पताल र क्वारेन्टाइनबाट सिफारिस नभई बजारमा बिक्री वितरण हँुदै आएका अण्डा तथा कुखुरालाई नियन्त्रणमा लिन परिपत्र गरिएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

Flash News

तानसेनलाई १३औं राष्ट्रपति रनिङ शिल्ड उपाधि भेरी अस्पतालमा चिकित्सकको दादागिरी, महिना नपुग्दै अग्रिम हाजिरी : ‘स्वास्थ्य मन्त्रालयको संरक्षण’ १५ दिने सुन चाँदीका गहना बनाउने तालिम एक चौथाईले घट्यो लुम्बिनीको आन्तरिक आय, दानपेटिकामा भारतीय र नेपाली मुद्रा मात्र एकै परिवारका ६ जनाकाे हत्यामा संलग्न चार जनालाई आजीवन कारावास लुम्बिनी प्रदेशबाट रोजगारका लागि दैनिक ४ सय बढी युवा विदेशिन बाध्य सुख्खा पहिरोमा पुरिएर अमृताको मृत्यु अमेरिकामा गोलीकाण्ड : हजारौंको मृत्यु रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत केरा खेतीले दियो नसोचेको सफलता जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सम्मान प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण लुम्बिनी सरकार: १९ दिनमा करिब ५ अर्ब खर्च रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, घाइतेको हेलिकप्टरबाट उद्धार अस्ट्रेलियामा बाढीः सिड्नीका ५० हजार जनालाई घर छाड्न भनियो छुट्टाछुट्टै स्थानमा अवैध लागूऔषधसहित सात जना पक्राउ बोक्सीको आरोप लगाई महिलामाथि कुटपिट गर्ने धामी पक्राउ डुंगा डुब्दा १५ जना मछुवा बेपत्ता सुनको भाउ तोलामा १०० रुपैयाँले बढ्यो गोली देखाई छिमेकी तर्साउने एक जना पक्राउ