ताजा अपडेट »

सावित्रा र अनिता भारततर्फ

सोमबार, १६ बैशाख २०७६, १८ : ११
4 Shares

वैशाख १६,

काठमाण्डौ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका फरवार्ड सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेतले भारतीय लिग खेल्न सोमबार त्यसतर्फ प्रस्थान  गरेका छन् । नेपाल एपिएफका दुवैले सेतु फुटबल क्लबबाट खेल्ने छन् ।

फागुनमा भारतमा भएको  हिरो गोल्डकप र चैतमा विराटनगरमा भएको साफ च्याम्पियनसिपको प्रदर्शनका आधारमा क्लबले दुवैलाई एक महिनाका लागि अनुबन्धन गरेको हो । भारतीय महिला लिग अर्को महिनादेखि सुरु हुँदैछ । यसअघि सावित्रा र अनिताले नै माल्दिभ्समा भएको फुटसल लिग खेलेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।