ताजा अपडेट »

हृदयघातले ढलेका बिजु उठेनन्

सोमबार, १६ बैशाख २०७६, १७ : ५३
4 Shares

वैशाख १६,

काठमाण्डौ । चर्चित संगीतकार बिजु बज्रको निधन भएको छ । संगीत गायन र रचना तीन विधामा सक्रिय ब्रजको आइतबार बिहान हृदयघातका कारण ४८ वर्षको उमेरमा निधन भएको हो ।

हृदयघात भएर ढलेका उनलाई तत्काल उपचारको लागि सिभिल अस्पताल पुर्‍याइएको थियो । बज्रको उपचारकै क्रममा निधन भएको हो । यसअघि उनलाई दुईपटकसम्म हृदयघात भएको थियो । ‘झरी परिरह्यो मनमा थामिदैन आँसु’, ‘बिस्तारै छायो आँखामा अँध्यारो’, ‘मै ठूली भैैछुरे’, ‘तिमी मभन्दा कोसौँ टाढा छौ’ ‘कुन रंगको कमी थियो र’ जस्ता गीत उनका चर्चित गीतहरु हुन् ।

एक श्रीमती, दुई छोरा र एक छोरी रहेका बज्रको सोमबार दाहसंस्कार गर्ने पारिवारिक स्रोतले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।