ताजा अपडेट »

बिस्फोट : मुख्य अभियुक्तका बुवा र भाइको पनि मृत्यु

सोमबार, १६ बैशाख २०७६, ११ : २२
6 Shares

वैशाख १६,

श्रीलंका । श्रीलंकामा भएको आत्मघाती हमलाका मुख्य अभियुक्त जहरान हाशिमका बुवा र भाइ सुरक्षा कारवाहीमा मारिएका छन् । सुरक्षा कारवाहीमा हाशिमकाे आमाको पनि ज्यान गएको त्याहाँको प्रहरीले जनाएको छ । गएको शुक्रबार शंकास्पद स्थानमा प्रहरीले छापामारी गर्ने क्रममा भएको मुटमेटमा उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ ।

मुटभेटका क्रममा मुख्य अभियुक्त हाशिमका बुवा र भाइले आफैले बोकेको बम बिस्फोट गराउँदा उनीहरुकाे ज्यान गएको पनि प्रहरीले जनाएको छ । मुख्य अभियुक्त हाशिमको भने गएको आइतबार कोलम्बोको एक होटलमा भएको आत्मघाती हमलामा मृत्यु भइसकेको छ । उनी इस्लामिक समूह नेशनल तौहीद जमात (एनटीजे) को नेता थिए । घटनापछि सरकारले अहिले यो संगठनलाई प्रतिबन्ध लगाइसकेको छ । त्याहाँको प्रहरीले कट्टनकुडीको पूर्वी इलाकामा रहेको यो समूहको मुख्यालयमा छापामारी गर्ने क्रममा उनका बुवा र भाइको ज्यान गएको हो ।

छापामारी गर्न पुगेको प्रहरीमाथि उनीहरुले हमला गरेका थिए । त्यही क्रममा मुख्यालयमा रहेका तीन जनाले आफैले बोकेको बम बिस्फोट गराएको र त्यसका कारण १५ जनाको ज्यान गएको पनि प्रहरीले जनाएको छ । जसमा छ जना बच्चा र तीन जना महिला परेका थिए । गएको आइतबार देशका विभिन्न ठाउँमा भएको आत्मघाती हमलामा झण्डै २ सय ५० जनाले ज्यान गुमाएका थिए ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।