ताजा अपडेट »

विश्व नृत्य दिवस : नेपालमा पनि मनाइँदै

सोमबार, १६ बैशाख २०७६, ०९ : ४९
8 Shares



वैशाख १६ ,

काठमाडौँ । विश्व नृत्य दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि सोमबार मनाइँदैछ । अन्तर्राष्ट्रिय तथा विश्व नृत्य दिवस अङ्ग्रेजी पात्रोअनुसार हरेक वर्ष अप्रिल महिनाको २९ तारिखमा पर्छ ।
नृत्य निर्देशक संघका उपाध्यक्ष सञ्जय राजोपाध्यायले भन्नुभयो, “नेपालमा पनि नृत्यकलाको संस्कृति, परम्परा एवं संस्कार विकसित भएको छ ।” नृत्य कलालाई उचित सम्मान, त्यसप्रति मानिसको ध्यानाकर्षण तथा चेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम गरी विविध नृत्यकला प्रदर्शन गरी यो दिवस मनाइने उहाँले जानकारी दिनुभयो । 


यस्तै अभिनेत्री तथा नृत्याङ्गना मिथिला शर्माले नृत्य भनेको कला मात्र नभएर स्वास्थ्यको हिसाबले पनि राम्रो हुन्छ भन्नुभयो ।संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संघ युनेस्कोसँग सहकार्य गरेको इन्टरनेशनल थिएटर इन्ष्टिच्युटको अन्तर्र्रा्ष्ट्रिय नृत्य समितिले सन् १९८२ मा पहिलो पटक यो दिवस मनाएको थियो । त्यसपछि अन्तर्रा्ष्ट्रिय नृत्य परिषदले दिवसको प्रवद्र्धन गरेको हो । कार्यक्रममा नेपाल म्युजिक सेन्टर ट्रष्टले दिवसमा नृत्य कलाकार बेटी बज्राचार्यलाई सम्मान गर्ने बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।