ताजा अपडेट »

आफ्नै बुवालाई अदालतमा पुर्याउने ‘हलिउड सिंगर’

बुधबार, ०२ माघ २०७५, १७ : १६
2 Shares

माघ २, । आफ्नो आवाजको बलमा विश्वलाई नचाएकी ‘हलिउड सिंगर’ रिहानाबारे एउटा खबरले अहिले अन्तर्राष्ट्रिय मिडियाले तात्तिएको छ । ती खबरहरु अनुसार रिहाना आफ्नै बुवाको विरुद्ध अदालतमा पुगेकी छिन् । रिहानाले आफ्नो नाम प्रयोग गरेर फाइदा लिएको बुवामाथि आरोप लगाएकी छिन् ।

जानकारीका अनुसार रिहानाले आफ्नो बुवा र उनको व्यापार साझेदारविरुद्ध मुद्दा दर्ता गराएकी हुन् । रिहानाको अनुसार उनलाई फेंटी इन्टरटेन्मेन्टको बारेमा गलत जानकारी पठाएर आफ्नो फाइदाका लागि बुवा र उनको व्यापार साझेदारले उनको नामको प्रयोग गरेका थिए ।

रिहानाले आफ्नो उजूरीमा फेंटी २०१२ देखि आफ्नो ट्रेडमार्क रहेको र त्यो कस्मेटिक र अन्य बस्तु उत्पादनका लागि २०१२ देखि आफूले प्रयोग गर्दै आएकी बताएकी छिन् । फेंटी इन्टरटेनमेन्टको शुरुवात २०१७ मा भएको थियो । रिहानाको अनुसार उनको बुवाले उनलाई जानकारी नदिई १ करोड पचाँस लाख डलरको १५ वटा शो बुक गर्ने प्रयास गरेका थिए ।रिहानाको अनुसार उनले बुवालाई रोक्न धेरै प्रयास गरेकी थिइन् तर त्यसको बावजूद पनि उनले फेंटी इन्टरटेनमेन्टबाट लगातार पैसा कमाइरहेका थिए । रिहानाको सम्बन्ध उनको बुवासँग पहिले देखि नै तिक्ततापूर्ण रहेको थियो । -एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।