ताजा अपडेट »

प्रदेश ५का सिएहरुको कार्यशाला गोष्ठी

आइतबार, १५ बैशाख २०७६, १७ : ५०
4 Shares

बैशाख १५,

बुद्धभूमि
बुटवल । प्रदेश नं. ५ का चार्टर्ड एकाउन्टेन्ट (सि.ए) हरुका लागि सामाजिक सुरक्षा कोष तथा श्रम ऐनको बारेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका ड्राइभरटोलमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ रुपन्देही च्याप्टरको आयोजनामा भएको गोष्ठीमा १७ जना सि.ए.हरुको सहभागिता रहेको थियो ।


कार्यक्रममा रुपन्देही च्याप्टर संयोजक सि.ए. प्रेम भुर्तेलले आफ्ना सिए सदस्यहरुका लागि क्षमता अभिबृद्धिका लागि उक्त गोष्ठीको आयोजना गरिएको बताए । गोष्ठीमा सि.ए. मधु पोखरेलले सहजिकरण गरेका गरेका थिए । कार्यक्रममा सिए रुपेश कुमार महेश्वरी, सिए शिवहरी शर्मा, सिए यसोधन पाण्डे लगाएले बोल्दै यस्ता कार्यक्रमले सिएहरुको काम गर्ने क्षमतामा निखारता ल्याउने बताएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।