ताजा अपडेट »

यू–१६ इस्टर्न रिजन च्याम्पियनसिप : उपाधि नेपाललाई

आइतबार, १५ बैशाख २०७६, १५ : २९
4 Shares

वैशाख १५,

एसीसी यू–१६ इस्टर्न रिजन च्याम्पियनसिपको उपाधि नेपालले प्राप्त गरेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा नेपालले मलेसियालाई फाइनलमा ५९ रनले पराजित गर्दै उपाधि जितेको हो । थाइल्याण्डको प्रेम तिन्सुलानान्डा अन्तर्राष्ट्रिय स्कुलको मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ३५ ओभरमा नौ विकेट गुमाउदै एक सय ४० रन बनाएको थियो । जवाफमा मलेसिया ३४ ओभर ५ बलमा ८१ रनमा रोकियो ।

यस अघि २०१८ मा थाइल्यान्डमा सम्पन्न एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।