ताजा अपडेट »

प्रधानमन्त्रीले दिउँसै रात पारे : कांग्रेस नेता खाँण

मंगलबार, १४ पुस २०७७, ११ : ३६
4 Shares

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावाद र अधिनायकवादको यात्रामा लागेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको संसद विघटनगरी प्रधानमन्त्रीले सर्वसत्तावाद लाद्न खोजेको उनले बताए ।

प्रेस युनियन रुपन्देहीले मँगलबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै खाँणले संसद विघटन गर्ने प्रधानमन्त्रीको प्रस्तावलाई राष्ट्रपतिले विचारै नगरी स्कृत गर्नुले सर्वसत्तावाद हावी भएको बताए । ‘प्रधानमन्त्रीले सुरुदेखि नै संविधानको बर्खिलाप काम गर्दै आउनु भएको छ ।’-नेता खाँणले भने ‘सबैभन्दा पहिले प्रेस, मानव अधिकार र राष्ट्रिय सुरक्षा परिषदमा हस्तक्षप भयो । प्रधानमन्त्री आफै संविधान तोफोड र तोडमोडमा लाग्नु दुर्भाग्यपूर्ण हो ।’

प्रधानमन्त्रीले संसद विघटनको प्रस्ताव राष्ट्रपतिकोमा लैजानु र विचारै नगरी स्कृति हुनु असंवैधानिक कदम भएको बताउँदै उनले नेपाली कांग्रेसले संविधानको पक्षमा आवाज उठाउने बताए । ‘प्रधानमन्त्रीले दिउसै रात पार्नुभयो र संविधानको बर्खिलाप जानु भयो ।’-नेता खाँणले भने ‘एक दलीय सर्वसत्तावाद ल्याउने र सरकारले गरेका ठूला-ठूला भ्रष्टारहरु लुकाउन संसद विघटन गरियो ।’ संसदमा उठ्ने भ्रष्टारका मुद्दाहरुमा प्रश्न उठ्ने र जवाफ दिन सक्ने अवस्था नभएपछि संसद विघटन गरिएको उनको आरोप छ । आगामी वैशाखमा गर्ने भनिएको निर्वाचनमा हुने भनिएको मध्यावधि निर्वाचन असम्भव भएको बताउँदै उनले सरकार आफै निर्वाचन गराउने पक्षमा नरहेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।