२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीलेयही पुस १९ गते बृहत अगुवा कार्यकर्ता भेलाको आयोजना गर्ने भएको छ । नेकपा रुपन्देहीको जिल्ला कार्यालयको सोमबार बसेको बिस्तारित बैठकले पुस १९ गते बिहान ११ बजे पुष्पलाल स्मृती भवन बुटवलमा अगुवा कार्यकर्ता भेल ागर्ने निर्णय गरेको नेकपा रुपन्देहीका प्रवक्ता मोहन चापागाईंले जानकारी दिए ।

नेकपा जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले स्थानीय पालिका कमिटीहरुको बैठक यही पुस १४ गते दिउँसो २ बजे आयोजन ागर्न पन निर्देशन दिएको छ । त्यस्तै पुस १५ देखि १७ गतेसम्म उक्त वडामा रहेका सबै नेतृत्वको सहभागितामा वडास्तरीय बैठक बसी अगुवा भेलाको सूचना व्यवस्थित गर्न पनि निर्देशन दिएको छ । भेलालाई संबोधन गर्न वक्ताहरुको व्यवस्था मिलाउन इन्चार्जमार्फत केन्द्रीय कमिटीलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता चापागाईले जानकारी दिए ।

बिस्तारित बैठकलाई संबोधन गर्दै केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज लिला गिरीले पार्टीलाई एकतावद्ध बनाइराख्नका लागि अगुवा कार्यकर्ता भेलाले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै अव पार्टी सुद्धृढीकरण अभियानमा लाग्नुपर्ने बताए । रुपन्देहीका सबै केन्द्रीय सदस्य सहभागी बैठकलाई नेकपा केन्द्रीय सदस्य एवं रुपन्देहीका सहइन्चार्ज एकराज विश्वकर्मालगायतले पनि संबोधन गरेका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

मामाघर जाँदा खोलाले बगाएका बालकको शव फेला निरन्तर वर्षा हुन थालेपछि किसान चिन्तामा प्रचण्डले चितवन–३ छाडे, गोरखा–२ बाट निर्वाचन लड्ने एमाले लुम्बिनीमा ११ जिल्लाका उम्मेद्वारको टुङ्गो, यस्तो छ नामावली पश्चिम नवलपरासीमा निर्वाचन अधिकृतको कार्यालय एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार बाढी र पहिरोले गुल्मीमा ६ घरका २० जना विस्थापित प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता राप्ती नदीको सतह उच्च, सुरक्षित स्थान जान आग्रह एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै खोलामा बगेर महिला वेपत्ता यस्त छन् उम्मेद्वारले गर्नुपर्ने स्वघोषणा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता महिला एसिया कप : पाकिस्तानद्वारा भारत पराजित ‘सम्भावना खाडीमा होइन, झाडीमा’ यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार