ताजा अपडेट »

भीषण हावाहुरी, सयभन्दा धेरै बिजुलीको पोल ढले

आइतबार, १५ बैशाख २०७६, १२ : २८
6 Shares

बैशाख १५,

धनुषा । आइतबार बिहान आएको भीषण हावाहुरीले धनुषामा वितण्डा मच्चाएको छ । हावाहुरीले जनकपुरसहित जिल्लाको विभिन्न स्थानमा बिजुलीको पोल, टहरा, रुख भत्काएको छ । यस्तै ग्रामिण भेगमा बालिनालीलाई समेत क्षति पुर्‍याएको छ ।

हावाहुरीले एकसय भन्दा बढी बिजुलीको पोल ढालेको छ । विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्र अन्तर्गत ५० वटा बिजुलीको पोलसहित ३ वटा ट्रान्सफर्मरसमेत हावाहुरीले ढालेको प्राधिकरण प्रमुख सूर्यनारायण मण्डलले बताउनुभयो । यस्तै वितरण केन्द्र सखुवा महेन्द्रनगर अन्तर्गत ३५ भन्दा बढी पोल ढालेको प्रमुख राजकुमार रमणले जानकारी दिनुभयो । यस्तै धनुषाको पूर्वी क्षेत्र युदुकोहा वितरण केन्द्र अन्तर्गत २५ भन्दा बढी बिजुलीको पोल हावाहुरीले ढालेको छ । यदुकोहा वितरण केन्द्रका अनुसार मुजेलियाबाट जडान भएको ३३ केभी विद्यत प्रशारण लाइनमाथि तीनवटा रुख ढलेको छ ।

हावाहुरीले धेरै ठाउँहरुमा घर टहराहरु छिटफुट रुपमा भत्काए पनि पूर्ण विवरण आइनसकेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म मानवीय क्षति भने भएको छैन । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।