ताजा अपडेट »

बारेन्ट्स समुद्रमा डुङ्गा दुर्घटना, १७ जना बेपत्ता

सोमबार, १३ पुस २०७७, १४ : ५०
6 Shares

काठमाण्डौं । रसियाको पश्चिमी क्षेत्रमा रहेको बारेन्ट्स समुद्रमा माछा मार्न प्रयोग गरिएको एउटा डुङ्गा सोमबार डुब्दा त्यसमा रहेका कम्तीमा १७ व्यक्ति बेपत्ता भइरहेको रसियाको आपतकालीन मन्त्रालयले जनाएको छ । 

दुर्घटनामा परेका १९ व्यक्तिमध्ये दुई जनालाई जीवितै उद्धार गरिएको मन्त्रालयको भनाइ छ । ओनेगा नामको निजी डुङ्गा नोभाया जेम्ल्या नजिकैको जलक्षेत्रमा दुर्घटनाग्रस्त भएको र अधिकारीहरुले बिहान ७ः३० बजे थाहा पाएका थिए । 

प्रतिकूल मौसमका कारण डुङ्गामा हिउँ जम्दै गएपछि डुङ्गा नै डुबेको आशंका गरिएको छ । हराइरहेका व्यक्तिको खोजी र उद्धार कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् ।

रासस
लेखकको बारेमा
रासस