ताजा अपडेट »

रैथाने एग्री प्रोडक्ट नेपालको प्रथम साधारण सभा

सोमबार, १३ पुस २०७७, १३ : ३९
24 Shares

बुटवल । रैथाने बस्तुहरुका पहिचान, उत्पादन, विस्तार, बजारीकरण, वातावरणमैत्री हरित् उद्यम प्रवद्र्धनमा सहयोग, रोजगार एवम् स्वरोजगार सिर्जना,कृषि,गैरकाष्ठ वन पैदावरको उत्पादन, संकलन, प्रशोधन तथा विक्री वितरणका लागि रैथाने एग्री प्रोडक्ट नेपाल प्रालि, काठमाडौंले विगत एकवर्षदेखि काम गर्दै आएको छ ।

सोही कम्पनीको प्रथम साधारण सभा काठमाडौंमा भौतिक उपस्थिति र भर्चुअल तरिकाले पौष ११ गते सम्पन्न भएको छ । उक्त सभामा कम्पनीका सचिव राईबहादुर राईले आर्थिक वर्ष २०७६/२०७७ को प्रगति प्रतिवदेन आर्थिक वर्ष २०७७/२०७८ को प्रस्तावित कार्ययोजना पेश गरेका थिए । सो साधारण सभामा कम्पनीका सञ्चालक सदस्य एवम् प्रवन्ध निर्देशक शंकरप्रसाद गौतमले गत आर्थिक वर्षको आर्थिक प्रगति प्रतिवेदन र यस आर्थिक वर्षको प्रस्तावित योजवना,कार्यक्रम र वजेट प्रस्तुत गरेका थिए । उक्त अवसरमा सञ्चालक सदस्य उमेशराज कुंइकेलले सामग्री खरिद,व्यवसाय तथा सेवा,भावी रणनीतिका सम्बन्धमा योजना पेश गरेका थिए ।

कम्पनी ऐन अन्तर्गत २०७६ सालमा दर्ता भई सञ्चालमा रहेको यस कम्पनीले दुई करोड तीन लाख चुक्ता पुँजीबाट आफ्नो उद्यमव्यवसाय सुरु गरेको थियो । यो उद्यममा अहिले ११ जनाले प्रत्यक्ष स्वरोजगार पाएका छन् । दुर्गमको डोल्पादेखि सुगमको काठमाडौमा उत्पादन भएका दुई सय प्रजातिका रैथाने उत्पादनले बजार पाएको साधारण सभामा कम्पनीका अध्यक्ष एवम् संरक्षणविद् तिलक ढकालले बताए ।

उक्त कम्पनीले स्थानीय, प्रदेश र संघीय सरकारसँग हातेमालो गर्दै रैथाने प्रजातिहरुको संरक्षण,सम्बद्र्धनमा योगदान दिएको छ । एक वर्षको अवधिमा उक्त कम्पनीले २७ जिल्लाका आठ हजार किसानहरुले उत्पादन गरेका रैथाने वस्तुहरुको संकलन र विक्रीवितरणमा मद्दत पुराएको अध्यक्ष ढकालले जानकारी गराएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।