ताजा अपडेट »

गुल्मीमा धान उत्पादन वृद्धि, ३१ हजार मेट्रिक टन उत्पादन

सोमबार, १३ पुस २०७७, ११ : २२
8 Shares

गुल्मी । गुल्मीमा धानको उत्पादन बृद्धि भएको छ । कृषि ज्ञानकेन्द्र गुल्मीको उत्पादन तथ्याङ्कका आधारमा जिल्लामा गत वर्ष भन्दा यो वर्ष धान उत्पादनमा बृद्धि भएको हो । यसवर्ष १० हजार ४५० क्षेत्रफलमा धान वालि लगाईएकोमा ३१ हजार १७५ म्याट्रिक टन उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्राविधिक हरिप्रसाद आचार्यले जानकारी दिए । गतवर्ष भन्दा ३ हजार मेट्रिक टन उत्पादन बृद्धि भएको छ ।

गतवर्ष जिल्लाको बिभिन्न ठाउँमा रहेको कुल १० हजार ४ सय ३५ क्षेत्रफलमा लगाईएको धान वालिमा २८ हजार म्याट्रिक टन उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । जिल्लामा गतवर्ष भन्दा यसवर्ष क्षेत्रफल पनि बृद्धि भएको थियो । समयमा पर्याप्त पानी पर्नुको साथै लामोसमयसम्म कोरोना महामारीले गर्दा लकडाउन चलेकाले काम गर्ने जनशक्ति गाउँमै रहेकाले बाँझो खेतमा पनि खेती गरेकाले उत्पादन र क्षेत्रफल बृद्धि भएको हो । यसवर्ष जिल्लामा ९५ प्रतिशत रोपाइँ भएको थियो ।

अघिल्लो वर्ष जिल्लामा ९२ प्रतिशत रोपाइँ भएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । जिल्लामा धान रोप्न योग्य १० हजार हेक्टर क्षेत्रफल जमिन मध्ये ९ हजार क्षेत्रफलमा बर्खे धान उत्पादन हुने गर्दछ । एक हजार हेक्टर क्षेत्रफलमा चैते धान उत्पादन हुने गर्दछ । हाल जिल्लाभर रामधान, खुमल चार, खुमल छ, खुमल दश, हंसराज, मकवानपुर १, खमल ८, हर्दिनाथ, आँप झोते, जडन, लामे जात लगायतका धान यहाँका कृषकहरुले लगाउने गरेको पाइएको छ । जिल्लामा हाल ३ हजार ६ सय २६ क्षेत्रफमा वर्षभरि नै सिंचाइको व्यवस्था रहेको छ । भने ६ हजार ६ सय ९० क्षेत्रफल खेतमा आशिंक सिंचाइको व्यवस्था रहेको छ । जस मध्ये ९ हजार ८ सय ७ क्षेत्रफलमा वर्खे धानि वालि रोपिदै आएको छ । भने ४ सय ४५ क्षेत्रफलमा चैते धान रोपिदै आएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।

जिल्लामा सबैजसो ठाउँमा सिचाईको प्रयाप्त व्यावस्था नहुँदा किसानहरु आकाशे पानीमा भरपर्नु पर्ने बाध्यता छ । गाउँमा धेरै जनशक्ती बिदेसीदै जाने गर्नाले ज्याला मजदुरी गर्ने खेतालाहरु नपाउनु र उत्पादन गरेर भन्दा किन्न सस्तो पर्ने भन्दै किसानले रोप्न छोडेपछी खेतीयोग्य जमिन बाझो हुनेक्रम पनि वढ्दै जान थालेको थियो । तर यसवर्ष धेरै जसो बाँझो जमिनमा खेती गर्न फेरि सुरु भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।