९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

विराटनगर । प्रदेश नं १ को हिउँदे तथा सातौँ अधिवेशन साविककै हलमा सञ्चालन हुने प्रदेशसभा सचिवालयले जनाएको छ। जिल्ला समन्वय समिति मोरङको सो सभा हल विगतमा जिल्ला विकास समितिले प्रयोग गर्ने हल थियो भने प्रदेशसभा गठन भइसकेपछि सो भवनमा प्रदेशसभा सचिवालय स्थापना भएको हो।
     
विगतमा गाविस एवं नगरपालिकाका प्रमुखसहित जिल्ला परिषद् सञ्चालनका लागि बनाइएको सो हलमा प्रदेशसभाको सभा सञ्चालन गर्दा निकै समस्या बेहोरिरहेको सचिवालय नयाँ भवन निर्माणमा जुटेको छ। पहिलो प्रदेशसभाको बैठकदेखि छैटौँ प्रदेशसभाको बैठक सम्पन्न गरिएको सो हलमा सातौँअर्थात हिउँदे अधिवेशन नयाँ हलमा सञ्चालन गर्ने गरी नयाँ भवनको गएको असोज १ गते सभामुख प्रदीपकुमार भण्डारीले शिलान्यास गरेका थिए।

Advertisement

अहिले सो हलको निर्माणको काम ७० प्रतिशत सम्पन्न भइसकेको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए। सातौँ अधिवेशन नयाँ भवनमा सञ्चालन गर्ने गरी तयार गर्न स्वामीनारायण निर्माण सेवा प्रालि धरानले रु दुई करोड ५१ लाख ८१ हजार ९७६ मा ठेक्कामा लिएको छ । निर्माण कम्पनीले आगामी फागुन मसान्तभित्रमा निर्माण कार्य सम्पन्न गर्ने सो भवन जिल्ला समन्वय समितिको परिसरभित्र निर्माण भइरहेको छ। हल करिब ३०० मानिस अट्ने क्षमता भएको सुविधा सम्पन्न हुने भनिएको छ।

सभामुख भण्डारीले विगतमा अनेक बाधा अड्चनका बाबजुद पनि सञ्चालन भएको सभा अब नयाँ भवनमा सहज एवं सरल हुने बताएका थिए। वर्तमान राजनीतिक घटनााक्रमले प्रदेशको राजनीतिमा आएको उतारचढावले गर्दा सातौँ तथा हिउँदे अधिवेशन माघ ७ गते हुने प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’बाट आह्वान भइसकेकोले तत्काल साविककै हलमा सभा सञ्चालन हुने अवस्था देखिएको छ।

सभामुखले नवनिर्माण हुने भवन समयमै निर्माण गर्न र गुणस्तरीयमा विशेष ध्यान दिएको बताए। अन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले पहिलो निर्माण गर्न लागेको यो पहिलो संरचना भएको बताए। मन्त्री कार्कीले नीति निर्माण गर्ने सार्वभौम थलोका रूपमा रहेको प्रदेशसभाको हल निर्माण भएपछि सभा सञ्चालन गर्न सहज हुने बताए। उनले भवनको गुणस्तरमा कुनै कमी हुन नदिन निर्माण कम्पनीलाई खबरदारी गर्दै आगामी दिनमा सभा सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गरे।

निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले नयाँ भवनले प्रदेशसभाको सभा सञ्चालन गर्न निकै सुविधा हुने भन्दै भवन निर्धारित समयमै निर्माण हुनुपर्नेमा जोड दिए। नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले यो भवनले प्रदेशसभामा सहभागी हुने सांसदलाई सहज हुने भन्दै भवनको गुणस्तरमा सबै ध्यान दिनुपर्ने बताए। 

जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले ढिलो भए पनि बन्न लागेको यो भवनले संसद्मा छलफल एवं नीति निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। जिल्ला समन्वय समिति मोरङका संयोजक नरेशप्रसाद पोखरेलले जिल्ला समन्वय समितिको एक बिघा तीन कठ्ठा क्षेत्रफलभित्र बन्न लागेको सो भवनले संसद् सञ्चालन गर्न सुविधा हुने विश्वास व्यक्त गरे। 

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले साविक जिल्ला विकास समितिको सभा हलमा प्रदेशसभा सञ्चालन गर्न निकै कठिनाइ भइरहेको अवस्थामा नयाँ भवन सहज हुने विश्वास व्यक्त गर्दै निर्माण कम्पनीले भवनलाई निर्धारित समयमै सम्पन्न गर्न निरन्तर अनुगमन एवं उच्चतम प्रयास गरिरहेको प्रतिक्रिया दिए।

प्रतिकृया दिनुहोस्

Flash News

‘प्रेम गीत-३’ हिन्दी भर्सन सोमबारदेखि क्यूएफएक्ससहित देशभरका हलमा प्रदर्शन हुने बुटवलको देविनगरस्थित नवदुर्गा मन्दिरमा भागवत महापुराण महायज्ञ हुने खोलामा डुबेर एक बालकको मृत्यु चाडपर्वमा महङ्गी र कालोबजारी, अनुगमन गर्न माग चोरी आरोपमा वडासदस्य पक्राउ माइल्स इन्टरनेशनल कन्सल्टेन्सीको दाङमा पहिलो सेमिनार, डेढ सय बढी सहभागी मोबाइलको लतले पढाइमा विद्यार्थीको रुची घट्दै, शिक्षक र अभिभावक चिन्तामा आयोगलाई आचारसंहिता व्यवहारिक बनाउन दलहरूको सुझाव उत्साहित भएर नगरबासीकाे सेवा प्रवाह लाग्न कर्मचारीलाई नगर प्रमुख पाण्डेयको आग्रह रुपन्देहीमा ६ लाख ३२ हजार मतदाता, कुन निर्वाचन क्षेत्रमा कति ? व्याकुल माइलालाई अब सरकारले प्रत्येक महिना ५० हजार भत्ता दिने भारतबाट दुई महिनामा ४१ अर्बभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास नेपाल भित्रियो माओवादी केन्द्र धनकुटाद्वारा सामुहिक राजीनामा रुपन्देहीको देवदह नगरपालिकाले ८२ फुट भित्रका ठेला र अबैध संरचना हटाउने यस्तो छ रुपन्देही प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना दुई महिनामा १२१ बढी देशसँग वैदेशिक व्यापारः ११६ देशसँग घाटामा गाविस सविचसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा पशुपालनमा केन्द्रित हुँदै दाङका किसान चोयाका पोशाक लगाउने भरीबहादुर भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवन व्यवस्थापनमा आवेदन परेन