२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

बुटवल । न्यु लुम्बिनी ब्याडमिन्टन क्लबको आयोजनामा यही पुस १५ र १६ गते दुई दिने प्रदेशस्तरीय बि लेभल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गरि आयोजक क्लबका अध्यक्ष बोनिन पियाले प्रतियोगिताको तयारी पूरा भएको बताए ।

Advertisement

प्रतियोगितामा पुरुष डबलतर्फका उपाधि विजेताले नगद ३५ हजार ५ सय ५५ रुपैया, कप, मेडल प्रमाणपत्र तथा उपविजेताले नगद २५ हजार ५ सय ५५ रुपैया, कप मेडल, प्रमाणपत्र एवं तृतीय स्थान हासिल गर्ने टिमले नगद १५ हजार ५ सय ५५ रुपैया, कप, मेडलप्रमाणपत्र प्राप्त गर्ने उनले बताए । यसैगरि भेट्रान्सतर्फ उपाधि विजेताले नगद २० हजार ५ सय ५५ रुपैया, उपविजेताले नगद १५ हजार ५ सय ५५ तथा तृतियले नगद १० हजार ५ सय ५५ रुपैया कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उदयमान खेलाडी र अनुसासित खेलाडीलाई समेत पुरस्कृत गरिने उनले बताए ।

शिवनगर स्थित खुल्ला कबर्ड हलमा दुई दिने प्रतियोगितामा पुरुषतर्फ ४० तथा भेट्रान्स तर्फ १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन । प्रतियोगिताको पुरुष डबलतर्फ प्रथम पुरस्कार यशोधा फुड्स प्रालि, द्घितिय पुरस्कार आवास ग्रुप बुटवलका संचालक महेश थैवबाट माता लाल कुमारी थैव, तृतिय पुरस्कार शक्ति कोल्ड रिट्रेड प्रालिबाट सौजन्य भएको छ । यसैगरि भेट्रान्सतर्फ प्रथम पुरस्कार ब्ल्याक फरेस्ट क्याफे र एजी हेल्थ ईण्डष्ट्रिज प्रालि, दोस्रो पुरस्कार समाजसेवी श्रीराम बराल र किरण पौडेल, तेस्रो पुरस्कार समाजसेवी चन्द्रमान मल्लबाट सौजन्य भएको उनले बताए ।
यसैगरि प्रतियोगिताको सबै ट्रफि, मेडलहरु स्पोर्ट्स ग्यालरीबाट सौजन्य भएको छ ।

कार्यक्रममा क्लबका सल्लाहकार नारायण घिमिरे, नर बहादुर केसी, दिनेश प्रधान, प्रचारप्रसार संयोजक तथा महासचिव जिवकान्त काफ्ले, कार्यक्रम संयोजक रोहित पुरीले खेल प्रतियोगिताबाट खेलाडी उत्पादन हुनेमा आशा ब्यक्त गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

बाढी र पहिरोले गुल्मीमा ६ घरका २० जना विस्थापित प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता राप्ती नदीको सतह उच्च, सुरक्षित स्थान जान आग्रह एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै खोलामा बगेर महिला वेपत्ता यस्त छन् उम्मेद्वारले गर्नुपर्ने स्वघोषणा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता महिला एसिया कप : पाकिस्तानद्वारा भारत पराजित ‘सम्भावना खाडीमा होइन, झाडीमा’ यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित झाडापखाला, हैंजा र डेंगुबाट बच्न आग्रह नारायणी नदीको बाढी सुस्ता बस्तीमा पस्न सुरु नेपाल प्रहरीका असई भारतीय भूमिमा मृत फेला बारा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, सबैको सनाखत दशैं मनाउन बुटवल लगाएतबाट गएका गाउँमै रोकिए