ताजा अपडेट »

संसद विघटनको विरोधमा कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन

सोमबार, १३ पुस २०७७, ०९ : २५
2 Shares

काठमाडौँ । संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दैछ । कांग्रेसले आज देशका १६५ वटै निर्वाचन क्षेत्रबाट सरकारको विरोध गर्नेछ ।

प्रदर्शनका लागि कांग्रेसका शीर्ष नेताहरू आ आफ्नो निर्वाचन क्षेत्र पुगेका छन् । तर, सभापति शेरबहादुर देउवा भने आफ्नो निर्वाचन क्षेत्रमा जाने छैनन् । कार्यव्यस्तताको कारण देउवाले भक्तपुरको विरोध सभालाई सम्बोधन गर्ने स्रोतले बताएको छ ।

यस्तै, विरोध कार्यक्रमका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ पुगेका छन् भने प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नम्बर १को विरोध सभालाई सम्बोधन गर्नेछन् । गगन थापा नेपालगञ्जको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।