११ आश्विन २०७९, मंगलवार

Sep 27, 2022

बुटवल । कोभिड–१९ पत्रकार महिला तथा सञ्चारकर्मीका लागि पिडादायी बनेको पत्रकारिता पेशा नै कमजोर बनेको निष्कर्ष निकालीएको छ । सञ्चारिका समूह लुम्बिनी रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको कोभिड–१९ र पत्रकार महिलाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा कोरोना भाइरस सङ्क्रमणले सञ्चारमाध्यमको आयश्रोत गुमेको र अधिकांश पत्रकार महिलाको रोजिरोटी खोसिएकाले समस्या भएको निचोड निकालीएको हो । सञ्चारसंस्थामा भएकाहरुले पनि समयमा पारिश्रमिक नपाउँदा आर्थिक समस्या झेल्नु परेको जनाइएको छ ।

Advertisement

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष भरत केसीले कोरोना भाइरस सङ्क्रमणका कारण सञ्चार संस्थाको अवस्था कमजोर हुँदा पत्रकारले नियमित पारिश्रमिक नपाउने अवस्था सृजना भएको बताए । “ अहिले प्रदेशका अधिकांश मिडियाले समयमा पारिश्रमिक दिएका छैनन् तर एक जना पत्रकारले पनि संस्थागतरुपमा जानकारी गराएका छैनन् ”,उनले भने ,“ महासंघमा उजुरी आए हामी आवाज उठाउन तयार छौँ । ”

उपाध्यक्ष केसीले प्रदेशका पत्रकारहरुको कोरोना विमा गरिएको बताउदै प्रदेशमा २९ जना पत्रकार कोरोना सङ्क्रमित भएकोमा १८ जनाको विमा दाबी गरिएको बताए । अहिलेसम्म चार जनाको मात्रै भुक्तानी भएको उनको भनाइ छ । नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले पत्रकार महासंघ जहिले पनि श्रमजिवि पत्रकारहरुको पक्षमा रहेको बताउनुभयो । उनले आफुलाई परेको समस्यालाई खुलेर बाहिर ल्याउन आग्रह गर्दै महासंघले साथ दिने प्रतिवद्धता जनाए । उपाध्यक्ष पाण्डेले लेखनीलाई अझै सुधार गरी सम्पादकीय क्षमता विकास गर्न पत्रकार महिलाहरुलाई आग्रह गरे ।

सञ्चारिका समूह लुम्बिनीका सल्लाहकार इन्दिरा अर्यालले कोरोनाको तनाव झेलेर पनि पत्रकार महिलाहरुले सक्रिय ढंगले समाचार संकलन गरेको बताउदै समस्यालाई सृजनामा बदल्न सक्नुपर्ने धारणा राखिन्। सञ्चारिका समूह लुम्बिनीका सल्लाहकार तथा प्रेस युनियनका अध्यक्ष रेखा भुसालले मिडियामा पत्रकार महिलाको सहभागिता बलियो बनाउन जिम्मेवारी र भूमिकामा परिवर्तन ल्याउनुपर्नेमा जोड दिइन् । उनले पत्रकार महिलालाई दिने पदीय जिम्मेवारी बढुवालगायतका कुरामा ध्यान नदिँदा क्षमता अनुसार प्रतिफल दिन नसकेको उल्लेख गरिन् ।

कार्यक्रममा निष्कर्ष प्रस्तुत गर्दै सल्लाहकार अमृता अनमोलले सञ्चारकर्मीको पेशा बचाउन सञ्चारसंस्था बलियो बनाउनुपर्ने भएकाले संघ, प्रदेश र स्थानीय सरकारले सञ्चार अनुदान बढाउनुपर्ने र सञ्चार क्षेत्रमा छुट्याएको रकम कार्यान्वयनमा ल्याउनुपर्ने बताइन् । सञ्चारिका समूहका अध्यक्ष निरु गौतमले हरेक सञ्चार संस्थामा लैंङ्गिक नीति बनाउने, संबिधानको मर्म अनुसार समानुपातिक रुपमा पत्रकार महिलाको सहभागिता बढाउनुपर्ने र क्षमता विकास तथा लेखनवृत्तीका कार्यक्रम ल्याउनुपर्ने उल्लेख गरिन् ।

कार्यक्रममा क्रियाशिल पत्रकार महिला समूहका अध्यक्ष कल्पना तिवारी, सञ्चारिका समूहका उपाध्यक्ष मिना ढकाल,सचिव अस्मिना पाण्डे, पत्रकारहरु लक्ष्मण पोखरेल,एनबी कडेल, पूूजा पन्थी, कमला पाण्डे, छाया पन्थ लगायतले मिडियामा कोरोनाको प्रभावले गर्दा पेशाबाटै पलायन हुने अवस्था आएको बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

रोटरी डाउनटाउनको डेगु रोकथाम र सचेतना अभियान समानुपातिक बन्दसूचीमा भएका त्रुटिहरु परिमार्जन गरिनेछ : कांग्रेस कार्यकाल सकिँयाे तर सरकारी सम्पतिमाथिकाे सांसदकाे रजाँई अझै सकिएन नेप्सेमा १५ अंकको वृद्धि बसको ठक्करबाट २१ महिने बालकको मृत्यु डेंगु बिरामीको संख्या साढे २५ हजार नाघ्यो, हालसम्म ३२ जनाको मृत्यु निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने सिलौटाले छातीमा प्रहार गरी श्रीमतीको हत्या वैकल्पिक राजनीतिक बारेको बहस ! आबेको अन्त्येष्टिअघि हजारौँ प्रदर्शनकारी विरोधमा उत्रिए अमेरिकी सहायकमन्त्री एलिजाबेथ भोलि नेपाल आउँदै लुम्बिनी प्रदेशमा पर्यटन प्रर्वद्धनका आधारहरु तीन घण्टादेखि बालुवाटारमा गठबन्धनको बैठक, सिट बाँडफाँट टुंग्याउने प्रयास दक्षिण कोरियाको असैनिकृत क्षेत्रको भ्रमण गर्दै ह्यारिस आश्रममै दशैँ राष्ट्रसंघमा परराष्ट्र सचिवले राखे युक्रेन, अफगानिस्तान, म्यानमार, लिबिया, सिरिया, प्यालेस्टाइन र यमनका विषयमा नेपालको स्पष्ट धारणा हरिकृष्ण कार्की बने कामु प्रधानन्यायाधीश ट्रयाक्टरबाट खसेर एकको मृत्यु मनास्लु हिमपहिराेः एक जनाको मृत्यु, १० को सकुशल उद्धार बेलहिया नाकामा ५ पर्यटकको भब्य स्वागत