ताजा अपडेट »

‘पहुँचवालाबाट सरकारी जमीन अतिक्रमण’

आइतबार, १२ पुस २०७७, १७ : ५९
2 Shares

काठमाण्डौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मामा अर्यालले सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमण गर्नेमा पहुँचवाला व्यक्ति तथा पूर्व मन्त्रीहरु नै सक्रिय रहेको बताइन् । मन्त्रालयले आज सिंहदरबारमा आयोजना गरेको बिदाइ समारोहलाई सम्बोधन गर्दै अर्यालले राज्यको सम्पत्ति दोहन गर्ने जोकोहीलाई पनि कानूनी दायरमा ल्याउन कर्मचारीले सदैव उच्च मनोबलका साथ काम गर्नुपर्ने सुझाव दिइन् ।

मन्त्री अर्यालले आफ्नो कार्यकालमा सगरमाथाको नयाँ उचाइको घोषणा, नयाँ नेपालको नयाँ नक्सा पारित तथा थुप्रै रचनात्मक काम गरेको दाबी गरिन्। मन्त्री अर्यालले आजै कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पुगी पद बहाली गरिन् । नवनियुक्त कृषिमन्त्री अर्यालले कृषि क्षेत्रको विकासबाट मुलुक र जनताको समृद्धि सम्भव रहेको बताइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।