ताजा अपडेट »

प्रधानमन्त्री कप महिला क्रिकेट : लुम्बिनीको लगातार दोस्रो जित

आइतबार, १२ पुस २०७७, १४ : ४६
4 Shares

दाङ । दाङको लमहीमा अवस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले लगातार दोस्रो जित हासिल गरेको छ । प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा लुम्बिनीले दिनको पहिलो खेलमा कर्णालीलाई ९ विकेटले पराजित गर्यो ।

खेलमा कर्णालीले प्रस्तुत गरेको ३५ रनको सामान्य विजयी लक्ष्यलाई लुम्बिनीले ३.१ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो । प्रतियोगितामा टिमलाई दोस्रो जित दिलाउने क्रममा ब्याटिङमा कप्तान नेरी थापाले ९ रन, सरस्वती घर्ती मगरले ३ रन र गिता घोसाइले ४ रन बनाएका थिए । त्यसअघि खराब मौसमका कारण १३ ओभरमा छोट्याईएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशले ६ विकेट गुमाउँदै ३४ रन बनाएको थियो ।

कर्णालीका लागि दीक्षा पुरीले सर्वाधिक ८ रनको योगदान दिइन् । मात्र ४ बलको सामना गरेकी उनले २ चौकासहित उक्त रन बनाएकी थिइन् । यस्तै टिमका लागि अन्शु शाक्य ७ रनमा अविजित रहिन् । बलिङतर्फ लुम्बिनीका लागि सुस्मिता भुषालले २ तथा सरिता जिसी र गिता घोसाईले पनि १/१ विकेट लिएका थिए । यो जितसँगै समूह ए मा रहेको लुम्बिनी अंकतालिकामा ४ अंक जोडेको छ । यसअघि लुम्बिनीले प्रदेश २ लाई ९ विकेटले पराजित गरेको थियो । भने कर्णाली पहिलो खेलमा विभागीय टोली एपीएफसँग २ सय ४ रनले पराजित हुन् पुगेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।